एमाले उपाध्यक्ष थापालाई मातृ शोक, प्रचण्डद्वारा दु:ख व्यक्त



काठमाडौं । नेकपा एमालेका उपाध्यक्ष रामबहादुर थापा ‘बादल’ लाई मातृशोक परेको छ। बादलकी आमा नन्द कुमारी थापाको आइतबार चितवन क्षेत्रपुरस्थित निवासमा निधन भएको हो। माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले थापाको निधनको खबरले आफूलाई दुखित बनाएको उल्लेख गर्दै श्रद्धाञ्जलि अर्पण गरेका छन्।

‘नेकपा(एमाले)का उपाध्यक्ष तथा पुर्व गृहमन्त्री राम बहादुर थापा बादलकी ममतामयी आमाको आज बिहान चितवन क्षेत्रपुर उहॅाकै निवासमा निधन भएको खबरले दुखित बनाएको छ। आमाप्रती भावपुर्ण श्रद्धाञ्जली अर्पण गर्दछु। थापासहित सम्पुर्ण शोकाकुल परिवारमा गहिरो समवेदना ब्यक्त गर्दछु।’ प्रचण्डले सामाजिक सञ्जालमार्फत भनेका छन्।

पूर्व माओवादी नेता बादल नेकपा विभाजनसँगै माओवादी छाडेर एमालेमा बसेका थिए।

प्रतिक्रिया दिनुहोस्