सिर्जनशील लघुवित्तको आईपीओमा आवेदन दिने आज अन्तिम दिन



काठमाडौं । सिर्जनशील लघुवित्त वित्तीय संस्थामा प्राथमिक सेयरमा आवेदन दिने आज अन्तिम दिन रहेको छ । लघुवित्तले १५ भदौदेखि सर्वसाधारणका लागि तीन करोड ९३ लाख ७५ हजार रुपैयाँ बराबरको तीन लाख ९३ हजार ७५० कित्ता सेयर निष्कासनमा ल्याएको हो ।

त्यसमध्ये पाँच हजार ४७० कित्ता सेयर कर्मचारीहरूलाई र १९ हजार ६९० कित्ता सेयर सामूहिक लगानी कोषका लागि सुरक्षित गरी बाँकी रहने तीन लाख ६८ हजार ५९० कित्ता शेयरमा सर्वसाधारणले आवेदन दिन सक्नेछन्। लघुवित्तको अधिकृत पूँजी २० करोड रुपैयाँ, जारी पूँजी १० करोड ९३ लाख रुपैयाँ ७५ हजार र चुक्ता पूँजी सात करोड रुपैयाँ रहेको छ। 

लघुवित्तको आईपीओमा प्रतिसेयर एक सय रुपैयाँका दरले न्यूनतम १० कित्तादेखि त्यसभन्दा बढीको लागि १० अङ्कले भाग जाने सङ्ख्यामा अधिकतम एक हजार कित्ता अर्थात् १० हजार रुपैयाँसम्मका लागि आवेदन दिन सकिनेछ। नेपाल धितोपत्र बोर्डबाट अनुमति प्राप्त आश्वा सदस्य बैंक तथा वित्तीय संस्थाहरू र मेरो सेयरको वेब तथा एपमार्फत पनि कम्पनीको आईपीओमा आवेदन दिन सकिनेछ। 

 

प्रतिक्रिया दिनुहोस्