१४२ जनामा कोरोना पुष्टि, २३० निको



काठमाडौं । पछिल्लो २४ घण्टामा नेपालमा १ सय ४२ जना कोरोना संक्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा आरटी पीसीआर परिक्षण गर्दा ११६ र एन्टीजेन परिक्षण गर्दा २६ गरी १ सय ४२ जना नयाँ संक्रमण पुष्टि भएको हो ।

त्यस्तै, पछिल्लो २४ घण्टामा २३० जना कोरोनामुक्त भएका छन् । योसंगै देशभर हालसम्म कोरोना संक्रमित निको हुनेदर ९८।५ प्रतिशत रहेको छ ।

पछिल्लो २४ घण्टामा मृतकको संख्या शुन्य रहेको छ । सोही समयमा तीन हजार ४५० जनाले कोरोना परिक्षण गरेका थिए । हाल सक्रिय संक्रमितको संख्या २ हजार ५२८ जना रहेका छन् ।

प्रतिक्रिया दिनुहोस्