दाङमा बस दुर्घटना, १२ जना घाइते



काठमाडौं । दाङमा यात्रुबाहक बस दुर्घटना हुँदा १२ जना घाइते भएका छन्।

घोराहीबाट तुलसीपुर जाँदै गरेको ना ४ ख ५१३१ नम्बरको बस आइतबार अनियन्त्रित भई तुलसीपुर उपमहागनगरपाकिला वडा नम्बर ७ हात्तीखौवामा दुर्घटना भएको हो।

जिल्ला प्रहरी कार्यालय दाङकाअनुसार घाइतेहरूको स्थानीय अस्पतालमा उपचार भइरहेको छ।

प्रतिक्रिया दिनुहोस्