रौतहटमा करेन्ट लागेर एक बालिकाको मृत्यु



रौतहट । रौतहटमा करेन्ट लागेर एक बालिकाको मृत्यु भएको छ। जिल्लाको गरुडा नगरपालिकाको वडा नम्बर २ गेडीगुठीमा करेन्ट लागेर उनको मृत्यु भएको हो।

आइतबार करिब १ बजेको समयमा नुहाउने क्रममा धारामा लगाएको मोटरबाट करेन्ट लागेर स्थानीय दिनेश सहनीकी अन्दाजी १४ वर्षीय छोरी अम्बिका कुमारी सहनीको मृत्यु भएको इलाका प्रहरी कार्यालय गरुडाले जनाएको छ।

प्रतिक्रिया दिनुहोस्