कांग्रेस नेता सिंहलाई पार्टीले गर्‍यो निलम्बन



काठमाडौं । प्रतिनिधिसभाका सदस्य अमरेशकुमार सिंहलाई कांग्रेसले पार्टीबाट निलम्बन गरेको छ । २०७४ सालको निर्वाचनमा सर्लाही-४ बाट निर्वाचित सिंहमाथि गत ३० वैशाखमा भएको स्थानीय तहको निर्वाचनमा अन्तर्घात गरेको आरोप लागेको हो ।

कांग्रेस जिल्ला अनुशासन समिति सर्लाहीले गत २ असारमा सिंहलाई निलम्बन गरेको जानकारी कांग्रेस मधेश प्रदेश कार्यसमिति/अनुशासन समितिलाई गराएको थियो । गत ४ असारमै जिल्ला अनुशसान समितिले प्रदेश समितिलाई पत्राचार गरे पनि सोमबार मात्रै उक्त पत्र सार्वजनिक भएको हो ।

सिंहको निर्वाचन क्षेत्र सर्लाही-४ बाट आगामी निर्वाचनका लागि कांग्रेस महामन्त्री गगनकुमार थापाको एकल नाम सिफारिस गरिएको छ ।

उपरोक्त सम्बन्धमा पार्टिको आधिकारीक उमेदवारहरुलाई स्थानीय तह निर्वाचनमा अन्तघातरअसहयोग गर्ने सर्लाही क्षेत्र नं. ४ बाट निर्वाचित सांसद माननीय अमरेश कमार सिंह लाई जिल्ला अनुशासन समितिले नेपाली काँग्रेसको विधान २०१७ (संसोधन सहित) को धारा ३४ को उपधारा ४ को (ख) बमोजिम मिति २०७९र०३र०३ गते निलम्बन गरि निर्णयको प्रतिलिपि जानकारीको लागी पठाइएको छ,’ संयोजक जिल्ला अनुगमन समिति (जिल्ला उपसभापति) डा.सरोेजकुमारले हस्ताक्षर गरेको पत्रमा उल्लेख छ ।

प्रतिक्रिया दिनुहोस्