काठमाडौंको नयाँ बसपार्क क्षेत्रमा रहेका अवैध संरचना हटाइयो



काठमाडौं । काठमाडौं महानगरपालिकाले सडक मिचेर बनाइएका अनधिकृत संरचना हटाउने कामलाई निरन्तरता दिइरहेको छ । यसैक्रममा सोमबार महानगरले काठमाडौंको नयाँ बसपार्क क्षेत्रमा रहेका अवैध संरचना हटाएको छ । 

सोमबार महानगरको डोजर नयाँ बसपार्क मित्रनगर क्षेत्रमा चलेको हो । काठमाडौंका मेयर बालेन शाहले अवैध संरचना हटाउने अभियान नै चलाएका छन् । महानगरले अवैध संरचना हटाउन यसअघि सूचना समेत दिएको थियो ।

प्रतिक्रिया दिनुहोस्