हुण्डाईको अफरका विजेतालाई पुरस्कार हस्तान्तरण



काठमाडौं । हुन्डाई गाडीको आधिकारिक वितरक लक्ष्मी इन्टरकन्टिनेन्टलले गत वर्ष दशैं तिहारको उपलक्ष्यमा ल्याएको ‘हुण्डाई फेस्टिभ डिलाइट २०७८’ अफरका बम्पर विजेतालाई पुरस्कार हस्तान्तरण गरेको छ।

थापाथलीस्थित हुन्डाई सोरुममा आयोजित कार्यक्रममा विजेतालाई कनज्युमर आई नेपालकी अध्यक्ष बिमला खनाल तथा लक्ष्मी हुन्डाईका विक्री प्रतिनिधिले संयुक्त रुपमा पुरस्कार हस्तान्तरण गरेका हुन् ।

सो अफर अनुरुप हरेक नयाँ हुन्डाई गाडीको खरिदमा ग्राहकहरुले ३ लाखसम्मको आकर्षक नगद छुट र एक वर्षका लागि निःशुल्क बीमा तथा सडक कर, स्क्रयाच कार्ड मार्फत थप १ लाख सम्मको नगद छुट र बम्पर उपहार अन्तर्गत लक्कि ड्र मार्फत १ जना विजेतालाई हुन्डाई आई२० जित्ने मौका पाएका थिए।

अफरको बम्पर विजेताको घोषणा भाद्र ९ गते गरिएको थियो । जसमा काठमाडौंका लोकेश बज्रचार्यले हुन्डाई आई२० जितेका थिए ।

प्रतिक्रिया दिनुहोस्