प्रचण्डको चेतावनी : नागरिकता विधेयक प्रमाणिकरण नभए अदालत जान्छु 



काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड)ले नागरिकता विधेयक प्रमाणिकरण नभए अदालत जाने चेतावनी दिएका छन् ।

सोमबार मधेस प्रदेशको राजधानी जनकपुरधामस्थित पार्टी केन्द्रिय सदस्यहरूको बैठकमा बोल्दै (प्रचण्ड)ले राष्ट्रपतिले नागरिकता विधेयक प्रमाणिकरण नगरे अदालतमा जाने र अदालतबाटै फैसला आउने बताएका हुन् । उनले संविधानतः राष्ट्रपतिलाई एक पटक फिर्ता गर्ने अधिकार रहेकाले अब प्रमाणिकरण हुनेमा भने आफू ढुक्क रहेको बताए ।

उनले गठबन्धनले सिट संख्या टुंग्याइसकेको बताउँदै मधेस प्रदेशमा पार्टीले प्रतिनिधिसभाको निर्वाचनमा ९ वटा सिट दाबी गर्ने बताए । ५ दलीय गठबन्धनले सिट संख्या टुंग्याइसकेको बताउँदै प्रचण्डले संघ र प्रदेश टुंगिन बाकी रहेको बताए । आज- भोलीसम्म बैठकबाट छलफल गरेर गठबन्धनले क्षेत्र र प्रदेशको पनि टुंगो लगाउने प्रचण्डको भनाई छ ।

मधेस प्रदेशमा माओवादीका ६ जना प्रतिनिधिसभा सदस्यमा निर्वाचित छन् । अध्यक्ष प्रचण्डले आजै महोत्तरीको खयरमारास्थित निर्मल लामा बहुप्राविधिक शिक्षालयमा निर्माण हुन लागेको शैक्षिक भवनको शिलान्यास समेत गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्