जितका लागि केन्याले नेपाललाई दियो २५६ रनको लक्ष्य



काठमाडौं । तेस्रो एक दिवसीय क्रिकेटमा केन्याले नेपाललाई २५६ रनको चुनौती दिएको छ । नैरोबीस्थित जिमखाना मैदानमा टस जितेर ब्याटिङ गरेको केन्याले ५० ओभरको समाप्तिमा ९ विकेट गुमाएर २५५ रन जोडेको हो ।

अबको केहीबेरमा नेपालले जबाफी ब्याटिङ गर्नेछ । यसअघिका दुई खेल नेपालले जितिसकेको छ । नेपालले पहिलो एक दिवसीयमा ७ विकेट र दोस्रोमा १७ रनको जित निकालेको थियो ।

प्रतिक्रिया दिनुहोस्