दलित समुदायमाथि हुने विभेदको अन्त्य गर्नुपर्छ : माधव नेपाल



काठमाडौं । नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालले दलित समुदायमाथि हुने विभेदको अन्त्य गर्नुपर्ने बताएका छन् ।

सोमबार पार्टी केन्द्रिय कार्यालयमा आयोजित पार्टी प्रवेश कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष नेपालले दलित समुदायमाथि चर्को विभेद भइरहेको बताएका हुन् ।

उनले दलित समुदायमाथि विभेदपूर्ण व्यवहार गरिनु गलत रहेको बताए । नेपालले दलित समुदायमाथि हुने विभेद र अपमानपूर्ण व्यवहारको अन्त्य गर्नुपर्ने बताएका छन् । दलित समुदायमाथि विभेद गर्नु नहुने भनी संविधान र कानूनमा लेखिएको भएपनि व्यवहारमा साकार हुन नसकेको नेपालले बताए ।

त्यस्तै सुदूरपश्चिम प्रदेशमा छाउपडी प्रथाको नाममा महिलाहरूलाई अपमानपूर्ण व्यवहार भइरहेको भन्दै उनले महिलाहरूलाई पनि हिंसाबाट मुक्त गराउनुपर्ने बताएका छन् । अध्यक्ष नेपालले अल्पसंख्यक समुदाय, लोपोन्मुख जातिहरूको संरक्षणमा पनि ध्यान दिनुपर्ने बताए ।

अध्यक्ष नेपालले जनता समाजवादी पार्टीका नेता रणबहादुर रम्तेलसहितका दर्जनौँ नेता, कार्यकर्ताहरूलाई एकीकृत समाजवादीमा प्रवेश गराएका छन् ।

 

प्रतिक्रिया दिनुहोस्