थाहा पाउनुहोस् आजको राशिफल



काठमाडौं । आज भदौं, २०७९, बिहीबार । तद्नुसार सेप्टेम्बर महिनाको ८ तारिक २०२२ । भाद्रशुक्लपक्ष त्रयोदशी तिथि, कौलव करण, श्रवण नक्षत्र, अतिगण्ड योग, चन्द्रमा मकर राशिमा रहेको छ। आज बिहान सूर्योदय ५ः४६ भयो भने सूर्यास्त ०६ः१९ मा हुनेछ।

बिहीबारको दिन अध्ययन,लेखनका कार्यमा समय दिनु भए राम्रो हुनेछ। आजको देवता वृहस्पति ग्रहदेव सूर्य रहेको छ। बिहीबारको दिन सूर्यनारायणको दर्शन गर्नु उत्तम हुनेछ। आजबाट पञ्चक शुरु भएको छ। पञ्चकको समयमा शुभकार्य गरिदैन। बिहीबारको दिन बहुमूल्य सामानको खरिदका लागि शुभ मानिन्छ। आजको दिन विद्युतीय सामग्री खरिदको लागि राम्रो दिन रहेको छ।

आजको राशिफल:

मेष (चु.चे.चो.ला.लि.लु.ले.लो.अ)

मेष राशिका जातकका लागि आजको दिन सामाजिक र धार्मिक काममा गर्नुहुने कामबाट तपाईलाई मानसम्मान मिल्नेछ। स्वास्थ्यमा सुधार हुनेछ, आफूभन्दा उच्च ब्यक्तिबाट प्राप्त हुने सम्मानले तपाईको मनमा नयाँ काम गर्न मन लाग्नेछ । तपाईले आजको दिन शुरुवात गरेको काम छिटो सम्पन्न हुनेछ । 

वृष  (इ.उ.ए.ओ.वा.वि.वु.वे.वो)

आकस्मिक अर्थलाभ हुनेछ । व्यापार ब्यबसायबाट नसोचेको धन प्राप्त हुनेछ । शत्रुमाथि विजयप्राप्त हुनेछ । परिवार र दाम्पत्य जीवनमा सुख प्राप्त हुनाका साथै यात्राको अवसर प्राप्त हुनेछ । यात्राबाट तपाईलाई फाइदा हुनेछ । मनमा सकारात्मक सोच र खुसी हुने खबरले उत्साह थपिने छ ।

 मिथुन (क.कि.कु.घ.ङ.छ.के.को.ह)

नयाँ खबरले तपाईको मनमा खुसियाली छाउने छ । घर परिवार र आफन्तसँग केही विषयमा विवाद हुनसक्छ । त्यसैले आजको दिन कम बोल्ने र अर्काका कुरा सुन्ने गर्दा राम्रो हुनेछ । राम्रो काम गर्न खोज्दा पनि अनावश्यक आरोप लाग्न सक्छ । सत्कार्यका लागि तपाईले गरेको कामअनुसारको फल प्राप्त हुनेछ । सकारात्मक सोच राखेर काम र कुरा गर्न उत्तम हुनेछ । 

 कर्कट (हि.हू.हे.हो.डा.डि.डु.डे.डो)

कर्कट राशिका जातकहरुको लागि आजको दिन यात्रा गर्न लाग्नु भएको छ भने यात्राबाट फाइदा पुग्नेछ । तपाईको सोचअनुसारको काम गर्दा तपाईलाई फाइदा हुन्छ । व्यापार व्यवसायमा नयाँ लगानी गर्नु पनि सकिन्छ । अध्ययन अध्यापनमा लागेका कर्कट राशिका जातकका लागि नयाँ अवसर प्राप्त हुनेछ । आजको दिन आफूले सम्मान गर्ने व्यक्तिसँगको मिलन फाइदाजनक हुनेछ।  

सिंह (मा.मि.मु.मे.मो.टा.टि.टु.टे)

सिंह राशिका जातकले विहीबारको बिहान सूर्योदयको दर्शन गर्नुहोला। तपाईलाई अनावश्यक विवाद हुनसक्छ। आजको दिन भुलेर पनि कसैसँग विवाद नगर्नुहोला। पारिवारिक समस्याका कारण मनमा अनेक समस्या उत्पन्न हुनसक्छ। त्यसैले आजको दिन मौन रहेर आफ्नो नियमित कार्य गर्नुहोला । कसैसँग विवाद हुनसक्ने भएकाले नियमित काम बाहेक नयाँ कामका लागि दिन त्यति उपयुक्त छैन ।  

कन्या (टो.प.पी.पू.ष.ण.ठ पे.पो)

यात्राको लागि अवसर आउनसक्छ। नयाँ मित्रमण्डलीसँगको भेटले कार्यगत उत्साह थपिने छ । आफन्त र मित्रजनबाट साथ र सहयोगको प्रस्ताव आउनसक्छ । आजको दिन नयाँ वस्त्र खरिद गरेर लगाउन राम्र्रो हुनेछ। आजको दिन कुनै देवी मन्दिरको दर्शन गरेर काम गर्नु थाल्नुभएको छ भने सोचअनुसारको प्रतिफल प्राप्त हुनेछ ।

 तुला( रा.री.रु.रे.रो.ता.ती.तु.ते)

तुला राशिमा जातकका लागि आजको दिन सोचअनुसार काम हुनेछ ।  व्यापार व्यवसायमा हुनुहुन्छ भने आजको दिन तपाईलाई फाइदा हुन्छ । धैर्यको आवश्यकता हुन्छ । सकारात्मक सोच राखेर अघि बढ्नु होला । परिवार र आफन्तजनहरुबाट समेत सहयोग हुनेछ । कुनै शिवालय र वा देवालयमा गएर असक्तलाई खानेकुरा दिनुभयो भने उत्तम हुनेछ । 

 वृश्चिक (तो.ना.नि.नु.ने.नो.या.यि.यु)

आजको दिन सूर्योदयको दर्शन गरेर दिनको शुरुवात गर्नुहोला । मनमा प्रसन्नता र उत्साह बढ्ने छ । तपाईले कुनै नयाँ कामको शुरुवात समेत गर्न सक्नुहुनेछ । आज शुरुवात गरेको कामबाट सफलता प्राप्त हुनेछ । तपाईमाथि अनावश्यक आरोप लाग्नसक्छ त्यसैले आफ्नो नियमित काम गर्दा सकात्मक सोच राखेर काम गर्नुहोला । परिवारमा हुने विवादले समस्या हुनसक्छ त्यसैले धैर्य र मौन रहनु नैं वेश हुनेछ ।

धनु (ये.यो.भा.भी.भु.ध.फा.ढ.भे)

परिवार तथा आफन्तजनको  साथ सहयोगले तपाईंको कार्य प्रगति हुनेछ। आफ्नो स्वास्थ्यमा ध्यान दिनुहोला। आजको दिन ब्यर्थमा समय खर्च र अनावश्यक आर्थिक भार थप हुनेछ। मित्रमण्डलीबाट असहयोग हुनसक्नेछ। साथ सहयोग कसैको नहुँदा पनि तपाईको मनमा उर्जाका लागि देवालय र शिवालयको दर्शन गर्नु भएमा मनमा उत्साह थपिने छ । 

 मकर (भो.जा.जी.जू.जे.जो.ख.खि.खु.खे.खो.गा.गी)

आजको दिन तपाईल सोचेअनुसारको काम हुने भएकाले नयाँ काम गर्नसक्नुहनेछ। आफूले गरिरहेको कामबाट मानसम्मान प्राप्त हुनसक्छ। आफ्नो कर्मयात्रामा हिडिरहेकाहरुलाई नसोचेको सम्मान मिल्नसक्छ। मनमा निकै हर्ष छाइरहने छ।  बिहान सूर्यनारायणलाई जल दिएर दर्शन गर्नुभयो भने दिन सफल हुनेछ। चन्द्रमाको साथ रहेको छ।

 कुम्भ (गु.गे.गो.सा.सी.सु.से.सो.द)

आजको दिन मनमा अति खुसी छाउने छ। कुम्भ राशिका जातकले आजको दिन सोचअनुसारको काम  र शत्रुमाथि विजयप्राप्ति हुनेछ। व्यापार व्यवसायबाट बाट प्राप्तबाट धनलाई सामाजिक सेवामा खर्च गर्नुभयो भने मानसम्मान मिल्नेछ। सामाजिक काममा मन जानेछ। परिवारभित्र खुसीयाली छाउने छ । परिवारका जेष्ठ सदस्यलाई उपहार दिनु राम्रो हुनेछ ।

 मीन(दी.दु.थ.झ.ञ.दे.दो.च.ची)

बिहीबारका दिन मीन राशिमा जातकले बिहान सूर्योदयको दर्शन गरेर नजिक वा देवालयको दर्शन गर्नु उत्तम छ। अध्ययन अध्यापनको क्षेत्रका कार्य गर्ने जातकले आजको दिन बिहान सूर्यस्तोत्र पाठ गर्दा सकारात्मक सोच बढ्नेछ। तपाईंले गर्न खोजेको काममा पनि सफलता मिल्नेछ। साँझको समयमा शिवालयमा पुगेर आरती दर्शन गर्दा सकारात्मक उर्जा थपिने छ। मीन राशिका व्यक्तिका लागि विहीबार विशेष दिन हो। 

 

प्रतिक्रिया दिनुहोस्