कोरियन बार्बी क्यु रेष्टुरेन्ट शुभारम्भ



काठमाडौं । ललितपुरको जावलाखेलमा कोरियन बार्बी क्यु रेष्टुरेन्ट सञ्चालनमा आएको । ललितपुर महानगरपालिकाका मेयर चिरीबाबु महर्जनले बुधबार जावलाखेलमा एक कार्यक्रमकाबीच रेष्टुरेन्टको उद्घाटन गरेका हुन् ।

कोरियन संस्कृति र मौलिकता लाई नजिकबाट झल्काउने गरी कोरियन पोशाक, चित्रकला सहित आकर्षक सजावटमा कोरियन खानाका स्वाद पस्कदै कोरियन बार्बी क्यु रेष्टुरेन्टको जावलाखेलमा सञ्चालन सुचारु भएको छ ।

लामो समय कोरियामा कार्यरत यस रेष्टुरेन्टका सञ्चालक प्रेम गुरुङले नेपाल मै पनि कोरियन खानाको स्वाद पस्किन यस रेष्टुरेन्टको स्थापना गरेको बताएका छन् ।

कोरियन खानाको स्वादको पारखीहरू बढ्दो रुपमा रहेको हुँदा, रेष्टुरेन्टले सम्पूर्ण मौलिक कोरियन खानाहरू पस्कदै आएको छ । कोरियाको झल्को दिने, त्यहाँको संस्कृतिलाई नेपाली सामु चिनाउने लक्ष्यका साथ यस रेष्टुरेन्ट खोलिएको बताइएको छ ।

कोरियामा रहेर आफैले सिकेको सीपलाई नेपालमा परिचालन गरि कोरियन बार्र्बी क्यु रेष्टुरेन्टले थुप्रै युवाहरूलाई रोजगार प्रदान गर्दै आएको छ । रेष्टुरेन्टले ग्राहकको चाहनालाई मध्यनजर गर्दै सन्तुष्टि प्रदान गर्ने सवालमा खानाको गुणस्तरलाई प्राथमिकतामा राखेको छ ।

बजारमा सञ्चालन भईरहेका कोरियन रेष्टुरेन्टहरू भन्दा यस कोरियन बार्र्बी क्यु रेष्टुरेन्टको खाना र सेवा भिन्न तथा गुणस्तरीय रहेको छ । यहाँ काम गर्ने कामदारहरू पनि विदेशी संस्कृति नेपाल मै सिक्न र झल्काउन पाउँदा उत्साहित छन् ।

विशेष गरी अन्तराष्ट्रिय स्तरको अनुभवले शिपको दायरा फराकिलो बनेको छ जसले उनीहरूको व्यक्तित्व विकासमा अहम भूमिका खेलेको छ । कोरियन बार्र्बी क्यु रेष्टुरेन्टमा स्वागत गर्दै यहाँको परिकारको स्वाद सँगै केही कमी कमजोरी रहेमा सल्लाह सुझाव दिन कोरियन बार्र्बी क्यु रेष्टुरेन्टले सबैलाई आग्रह गरेको छ ।

प्रतिक्रिया दिनुहोस्