गठबन्धन ठीक छैन भन्नु कांग्रेसलाई सिध्याउने षड्यन्त्र : सभापति देउवा



काठमाडौं । प्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले गठबन्धन ठीक छैन भन्नु पार्टीलाई सिध्याउने षड्यन्त्र भएको बताएका छन् ।

१०९ औं बीपी जयन्तीको अवसरमा नेपाली कांग्रेस चितवनले शुक्रबार भरतपुरमा आयोजना गरेको कार्यक्रममा बोल्दै देउवाले देउवाले भने, गठबन्धनलाई बचाएर लैजान आवश्यक छ । गठबन्धन ठीक छैन भन्नु पार्टीलाई सिध्याउने षड्यन्त्र हो।

कांग्रेसका कतिपय नेताहरुले गठबन्धन गर्नु ठिक नभएको प्रतिक्रिया दिँदै आइरहेको बेला सभापति देउवाले भने गठबन्धन बलियो भए मात्रै कांग्रेस बलियो हुने दाबी गरेका छन् ।

प्रधानमन्त्री देउवाले गठबन्धन नहुँदा एमाले अध्यक्ष केपी शर्मा ओलीको हैकमवाद चलेको र कांग्रेसका नेता–कार्यकर्ताहरू डरले थरर हुने गरेको समेत बताए ।

गठबन्धनकै कारण अहिले आफ्नो पार्टी सरकारमा रहेको, मुख्यमन्त्री र मन्त्री समेत हुन पाएको देउवाले स्मरण गराए । ओलीलाई हटाउनका गठबन्धन गरिएको त्यसले कांग्रेसलाई लाभ मिलेको उनको भनाइ थियो ।

प्रतिक्रिया दिनुहोस्