कोरोनाका कारण २ जनाको मृत्यु, १५२ जनामा संक्रमण पुष्टि



काठमाडौं । कोरोना संक्रमणका कारण पछिल्लो २४ घण्टामा २ जनाको मृत्यु भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार सोहि अवधिमा १५२ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ ।

मन्त्रालयका अनुसार कुल ३ हजार २९४ जनाको कोरोना परीक्षण गर्दा १५२ जनामा सङ्क्रमण पुष्टि भएको हो । १ हजार १६८ जनाको पीसीआर परीक्षण गर्दा ११० र दुई हजार १०८ जनाको एन्टिजेन परीक्षण गर्दा ४२ जनामा कोरोना सङ्क्रमण देखिएको मन्त्रालयले जनाएको छ ।

स्वास्थ्य मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा १३३ जना सङ्क्रमणमुक्त भएका छन् । त्यस्तै, हाल मुलुकमा कुल सक्रिय सङ्क्रमितको सङ्ख्या २ हजार ४४८ छ ।

प्रतिक्रिया दिनुहोस्