ओलीको आरोप : नागरिकता विधेयकमा सरकारले भोटको राजनीति गर्न खोज्यो



काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले नागरिकता विधेयकमा सरकारले भोटको राजनीति गर्न खोजेको आरोप लगाएका छन् ।

विराटनगर विमानस्थलमा शनिबार सञ्चारकर्मीसँग कुराकानी गर्न अध्यक्ष ओलीले नागरिकता विधेयकमा गठबन्धनले भ्रम फैलाएको बताएका हुन् ।

जन्मसिद्ध नागरिकका सन्तानले नागरिकता पाउनुपर्ने ओलीको भनाइ थियो । त्यहि अनुसार नागरिकता विधेयक ल्याउनुपर्ने ओलीले बताए । सरकारले नागरिकता विधेयक पास गर्न नचाहेको पनि ओलीको आरोप छ।

यस्तै ओलीले ओलीले आगामी मंसिर ४ गते हुने प्रदेश र प्रतिनिधिसभा निर्वाचन देशको भाग्य, भविष्य फैसला गर्ने निर्वाचन भएको बताएका छन् । देश भयावह अवस्थामा भएको ओलीको भनाई छ ।

सत्ता गठबन्धनका नेताहरु जसरी पनि गठबन्धन जोगाउने र जे गरेपनि हुन्छ भनेजसरी हिँडेको उनको आरोप छ ।

ओलीले हिजो भनेको जस्तो मात्र ‘अति’ अहिले नभएको भन्दै अहिलेको सरकार आएपछि ‘अति’ भएको बताएका छन् । अहिले सरुवा भ्रष्टाचार, बढुवा, नियुक्ति, व्यापार, लाइसेन्स जे मा पनि भ्रष्टाचार हुन थालेको अध्यक्ष ओलीको जिकिर छ ।

प्रतिक्रिया दिनुहोस्