
काठमाडौं : मुख्यमन्त्री डोरमणि पौडेल प्रदेश ३ को राजधानी हेटौँडामा सरकारी निवासमा बस्छन् ।
संघीय राजधानी काठमाडौँमा उनकै लागि अर्को निवास छ। त्यो पनि सरकारी । त्यसको रङरोगन र सजावट भने एउटा अन्तर्राष्ट्रिय गैरसरकारी संस्थाले गरिदिएको हो ।
एसिया फाउन्डेसनको साहयोगमा उनी प्रदेशका १५ वर्षे आवधिक योजना उक्त घरबाट बनाउन लगाइरहेका छन् । तीन तले घरको बीच तलामा प्रदेशको नीति तथा योजना आयोगका प्राविधिक त्यो काम गर्छन् ।
भैँसेपाटीस्थित आवास क्षेत्रमा रहेको नगर विकास समितिको भवन साउन १ गतेबाट उनलाई दिइएको हो । आजको अन्नपूर्ण पोष्ट दैनिकमा समाचार छ ।