प्रि-ओपन सेसनमा सामान्य अंकले बढ्यो नेप्से



काठमाडौं। साताको तेस्रो कारोबारको दिन मंगलबार प्रि-ओपन सेसनमा नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक सामान्य अंक बढेको छ। सोमबार १३.५४ अंक घटेर १९१२.७४ विन्दुमा बन्द भएको नेप्से यस दिन सो सेसनमा ०.६६ अंक बढेर १९१३.४१ विन्दुमा पुगेको छ।

मंगलबार प्रि(ओपन सेसनमा ८ स्टकको १ लाख १ हजार ७४२ रुपैयाँ बराबरको १८० कित्ता सेयर खरिदबिक्री भएको छ। जसमध्ये ४ वटा स्टकको मूल्य बढेको छ भने २ वटाको घटेको छ। बाँकी २ स्टकको मूल्य सो सेसनमा स्थिर छ।

प्रतिक्रिया दिनुहोस्