सहकारीलाई पुसभित्र साधारणसभा सकेर प्रतिवेदन बुझाउन काठमाडौं महानगरको निर्देशन



काठमाडौं । काठमाडौं महानगरपालिकाले आफ्नो कार्यक्षेत्रभित्रका सहकारीहरुलाई आउँदो पुसभित्र साधारणसभा सकेर पारित प्रतिवेदन बुझाउन निर्देशन दिएको छ।

काठमाडौं महानगरपालिले अत्यन्त जरुरी सूचना निकालेर आफ्नो कार्यक्षेत्रभित्र रहेका सहकारीलाई पुस २०७९ भित्र साधारणसभा सक्न र यसको १५ दिनभित्र प्रतिवेदन पारित गरेर महानगरमा बुझाउन निर्देशन दिएको हो।

सहकारी संस्थामा सदस्य बनाएर मात्र कारोबार गर्न र सबै सदस्यलाई साधारणसभामा उपस्थितिका लागि आह्वान गर्न पनि सहकारीलाई महानगरले निर्देशन दिएको छ।

प्रतिक्रिया दिनुहोस्