सुनको मूल्य तोलामा ३ सय रुपैयाँले घट्यो



काठमाडौं । बिहिबार सुनको मूल्य तोलामा ३ सय रुपैयाँले घटेको छ । भने चाँदीको मूल्य ५ रुपैयाँले बढेको छ । नेपाल सुन चाँदी व्यवसायी महासङ्घका अनुसार आज सुनको मूल्य तोलामा ९२ हजार ५ सय रुपैयाँ तोकिएको छ ।

यो मूल्य बुधबारको भन्दा ३ सय रुपैयाँले सस्तो हो । आज चाँदी भने तोलामा ५ रुपैयाँले बढेर १ हजार १ सय ८० रुपैयाँमा कारोबार भइरहेको छ ।

प्रतिक्रिया दिनुहोस्