एटीपी फाइनल खेल्ने फेडेररको सम्भावना जीवितै



काठमाडौं : कीर्तिमानी टेनिस खेलाडी रोजर फेडेररले दोस्रो खेलमा जित हासिल गरेसँगै एटीपी फाइनल्सको सम्भावना जीवितै राखेका छन् ।

पहिलो खेलमा जापानका केई निशिकोरीसँग अप्रत्यासित पराजय ब्यहोरेको फेडेररले त्यस खेलको कमजोरी सुधार गर्दै डोमिनिथ थिमविरुद्धको खेलमा सहज जित निकालेका छन् ।

अष्ट्रियाली थिमविरुद्ध स्वीर सुपरस्टार फेडेररले ६–२ र ६–२ को सेटमा जित निकालेका थिए । फेडेररले अर्को खेल दक्षिण अफ्रिकी केभिन एण्डरसनसँग खेल्दैछन् । केभिनले अघिल्लो खेलमा निसिकोरीलाई ६–० र ६–१ को सेटमा हराएका थिए ।

प्रतिक्रिया दिनुहोस्