स्थानीय निर्वाचनपछि थपिए २ लाख बढी मतदाता



काठमाडौं । मंसिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनका लागि १ करोड ७९ लाख ८८ हजार ५७० मतादाताले मत दिन पाउने भएका छन्।

आयोगका सचिव गोकर्णमणी दुवाडीकाअनुसार आज आयोगले यी मतदाताको नामावली वेबसाइटबाट सार्वजनिक गर्दैछ। निर्वाचनमा १० हजार ८ सय ९१ मतदानस्थल रहनेछन्।

यस्तै २२ हजार २ सय २६ वटा मतदान केन्द्र कायम गरिएको उनले जानकारी दिए। २०७४ को निर्वाचनमा एक करोड ५४ लाख २७ हजार ९३८ मतदाता थिए।

गत वैशाख ३० गते भएको स्थानीय निर्वाचनमा एक करोड ७७ लाख ३३ हजार ७ सय २३ जना मतदाता थिए। निर्वाचनपछि झण्डै ३ महिनाको अवधिमा २ लाख ५४ हजार ८ सय ४७ मतदाता थपिएका छन्।

प्रतिक्रिया दिनुहोस्