निर्वाचन आयोगद्वारा अन्तिम नामावली सार्वजनिक



काठमाडौं । प्रतिनिधि र प्रदेशसभा निर्वाचनका लागि निर्वाचन आयोगले मतदाता नामावली प्रकाशन गरेको छ । आयोगले शुक्रवार अन्तिम नामावली प्रकाशन गरेको हो ।

आयोगले मंसिर ४ गते हुने प्रतिनिधि र प्रदेशसभा निर्वाचनका लागि अन्तिम नामावली प्रकाशन गरेको हो । आयोगका अनुसार निर्वाचनमा कुल एक करोड ७९ लाख ८८ हजार ५७० मतदाता रहेका छन् ।

आयोगका अनुसार कुल मतदातामा ८८ लाख ४७ हजार ५७९ जना महिला, ९१ लाख ४० हजार ८०६ जना पुरुष र १८५ जना अन्य रहेका छन् ।

२०७९ साउन १९ गतेभित्र मतदाता नामावलीमा नाम दर्ता गरी आगामी मंसिर ३ गतेसम्ममा १८ वर्ष उमेर पूरा हुनेहरुको नाम अन्तिम नामावलीमा समावेश गरिएको आयोजले जनाएको छ ।

यसैगरी मतदाता संख्या समेतका आधारमा आयोगले १० हजार ८९१ मतदान स्थल अन्तर्गत २२ हजार २२६ मतदान केन्द्रहरु रहेन गरी मतदान केन्द्र स्वीकृत गरेको छ ।

प्रतिक्रिया दिनुहोस्