भारतमाथि नेपालको ऐतिहासिक जित



काठमाडौं । भारतमाथि ऐतिहासिक जित हात पार्दै नेपाल महिला साफ च्याम्पियनसिपको फाइनलमा पुगेको छ।

शुक्रबार त्रिपुरेश्वरस्थत दशरथ रंगशालामा भएको खेलमा नेपालले चिरप्रतिद्वन्द्वी भारतमाथि १-० को जित हात पारेको हो। महिला साफ च्याम्पियनसिपको इतिहासमा नेपालले भारतलाई हराएको यो नै पहिलो पटक हो। अब नेपालले उपाधिका लागि बंगलादेशसँग खेल्नेछ।

नेपाल फाइनलमा पुगेको भने पाँचौं पटक हो। तर ४ पटक नै नेपाल फाइनलमा भारसँग पराजित भएको थियो।

प्रतिक्रिया दिनुहोस्