प्रतिनिधिसभा बैठकमा आज प्रधानमन्त्रीले सम्बोधन गर्ने 



काठमाडौं । प्रतिनिधिसभाको अन्तिम दिन आज प्रधानमन्त्री शेरबहादुर देउवासहितका शीर्ष नेताले संसद्‌मा सम्बोधन गर्ने गर्ने भएका छन्।

आजको बैठकमा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली, नेपाल समाजवादीका वरिष्ठ नेता झलनाथ खनालले पनि सम्बोधन गर्ने संसद् सचिवालयले जनाएको छ । आज संसद् बैठक दिउँसो १ बजे बस्दै छ ।

आजको बैठकमा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल प्रचण्डले भन्ने बोल्ने नबोल्ने तय भइसकेको छैन। यद्यपि, पार्टीका एक नेताले प्रधानमन्त्री बोल्ने भएपछि प्रचण्डले पनि सम्बोधन गर्ने बताए ।

 

प्रतिक्रिया दिनुहोस्