यस्तो छ तपाईंको राशिफल



काठमाडौं । आज २ असोज २०७९, आइतबार । तदनुसार सेप्टेम्बर महिनाको १८ तारिक २०२२ । आश्विन कृष्णपक्ष अष्टमी, सोह श्राद्धको नवमी तिथि, कौलव करण, मृगशिरा नक्षत्र, सिद्धि योग, चन्द्रमा मिथुन राशिमा रहेको छ।

आज बिहान सूर्योदय ५ः५० मा हुनेछ भने सूर्यास्त ६ः०७ मा हुनेछ। आजको देवता गणेश र ग्रहदेव मङ्गल रहेको छ। भनिन्छ, आइतबारको बिहान सूर्योदयको दर्शन गर्दा साताका दिनहरू उत्तम हुनेछ।

आइतबारलाई आदित्यवार पनि भनिन्छ। आज बिहान ११ः३४ देखि १२ः२३ सम्मको समय अभिजित मुहूर्त रहेको छ। यो समय आजको दिनको लागि उत्तम समय हो।

आजको राशिफल :

मेष (चु.चे.चो.ला.लि.लु.ले.लो.अ)

मेष राशिको जातकको लागि धनलाभ हुनसक्छ। व्यापार व्यवसायबाट पनि लाभ हुनेछ। दाम्पत्यजीवनमा साथ सहयोग र यात्रा गर्दा समेत सुख मिल्नेछ। स्वास्थ्यमा ख्याल राख्नुहोला। कसैसँग विवाद हुने काम नगर्नुहोला। आजको दिन नयाँ काम नगर्नुहोला ।

वृष  (इ.उ.ए.ओ.वा.वि.वु.वे.वो)

तपाईंले आजको दिन विगतमा गरेको कामबाट धनलाभ हुनेछ । मन प्रसन्न हुनेछ। धन र स्वास्थ्यलाभ हुनेछ। तपाईंलाई शत्रुले समेत सम्मान गर्नेछन्। आजको दिन आय भन्दा व्यय बढी हुने भएकाले सोच पूर्वक खर्च गर्ने गर्नुहोला। सकारात्मक सोच र नियमित काममा मात्र ध्यान दिनुहोला।

 मिथुन (क.कि.कु.घ.ङ.छ.के.को.ह)

आजको दिन तपाईंको मनमा अनेक कुरा खेल्नेछ। परिवार र आफन्तजनहरुले तपाईमाथि साथ सहयोग हुनेछ।  सोचेअनुसार काम नहुँदा मनमा चिन्ता हुनसक्छ। यदि यात्रा गर्न खोज्नु भएको छ भने सफलता मिल्नेछ । त्यसैले आज हरेक कुराका सकारात्मक सोच राखेका काम गर्नु पर्नेछ । चन्द्रमाको साथ रहेको छ। आजको दिन बिहान सूर्योदयको दर्शन र सूर्य उपासना गर्नु उत्तम उपाय हो ।

 कर्कट (हि.हू.हे.हो.डा.डि.डु.डे.डो)

तपाईको मनमा अशान्त र निराशा उत्पन्न हुनसक्छ । पारिवारिक तनावका कारण मनमा अनेकखालका समस्या आउनसक्छ । आजको दिन कर्कट राशिका जातकले कसैसँग विवाद र झगडा नगर्नुहोला । आजको दिन कसैसँग विवाद भयो भने तपाईको लागि हानी हुनेछ । परिवारका सदस्यसँग पनि विवाद हुने कुरा नगर्नुहोला । मौन रहनु उत्तर हुनेछ ।

सिंह (मा.मि.मु.मे.मो.टा.टि.टु.टे)

तपाईंको लागि आफन्तजनबाट आर्थिक सहयोग प्राप्त हुनेछ। यात्राका पनि व्यवधान आउनसक्छ। नयाँ वस्त्र खरिद गर्दा सुख मिल्नेछ। मित्रमण्डलीको र परिवारको साथ पाउने योग रहेको छ। परिवारका सदस्यहरुसँग विवाद हुनसक्छ त्यसैले आजको दिन सिंह राशिका जातकले कम बोल्नु नैं बुद्धिमानी हुनेछ।

 कन्या (टो.प.पी.पू.ष.ण.ठ पे.पो)

आजको दिन मनमा चिन्ता र भय उत्पन्न हुनेछ। आफन्तसँग सम्बन्ध बिग्रन सक्छ। स्वास्थ्यमा प्रतिकुल असर पर्ने देखिन्छ। अध्ययन अध्यापनबाट सफलताप्राप्त हुनेछ । मित्रमण्डलीहरुसँग विवाद हुनसक्छ। त्यसैले आजको दिन सोच विचार गरेर काम गर्नुहोला । देवालय र शिवालयको यात्राले तपाईको मनमा शान्ति हुनेछ।

 तुला( रा.री.रु.रे.रो.ता.ती.तु.ते)

तपाईंले आजको दिन शुरु गरेको काम सफल हुनेछ। व्यापारव्यवसायमा लगानीअनुसारको प्रतिफल प्राप्त हुनेछ। दाम्पत्य जीवनमा सुख समृद्धिप्राप्त हुनेछ। मनमा प्रसन्नता छाउने छ। अर्थलाभ समेत हुनेछ। कसैलाई सापटी दिनुभएको धन समेत प्राप्त हुने योग रहेको छ। आजको दिन सकेसम्म ऋण कारोबार नगर्नुहोला ।

वृश्चिक (तो.ना.नि.नु.ने.नो.या.यि.यु)

आज मेरो समय अनुकुल छैन भन्ने जानेर स्वास्थ्यमा ध्यान दिनुहोला। आजको दिन आम्दानी भन्दा बढी खर्च हुनेछ। अनावश्यक यात्राको लागि प्रस्ताव आउनसक्छ। आजको दिन यात्रा नगर्दा तपाईंको लागि फाइदा हुनेछ छैन।  त्यसैले आज नियमित काम बाहेक अन्य कामको लागि समय खर्च नगर्नुहोला।

धनु (ये.यो.भा.भी.भु.ध.फा.ढ.भे)

विहान सूर्यको दर्शन गरेर मात्र दिनको काम सुरुवात गर्नुहोला। त्यसैले आजको दिन तपाईंले सोचअनुसारको काम हुनेछ। सन्तानबाट सुख र स्त्रीजातिको साथ सहयोगले तपाईले राम्रो काम गर्नुहुनेछ। चन्द्रमाको साथ रहेकाले तपाईले सोचअनुसारको काम हुनेछ। आजको दिन घरका श्रेष्ठ, जेष्ठ व्यक्तिको आशीर्वाद लिएर काम गर्नु वेश हुनेछ।

 मकर (भो.जा.जी.जू.जे.जो.ख.खि.खु.खे.खो.गा.गी)

आज तपाईंलाई सामाजिक मानसम्मान मिल्नेछ। तपाईंलाई आफन्तजनको सहयोगले मनमा प्रसन्नता छाउने छ। आजको दिन देवालय यात्राले तपाइँमा समाजिक सेवाभाव जाग्नेछ । सबैको भलो हुने काम गर्दा  परिवार र समाजमा तपाईका लागि आदरभाव बढ्ने छ। मकर राशि भएका ब्यबसायीहरुले घरका श्रेष्ठ आभिभावकलाई नयाँ वस्त्र दिनुहोला ।

कुम्भ (गु.गे.गो.सा.सी.सु.से.सो.द)

तपाईंको मन आज निकै प्रसन्न हुनेछ । कुम्भ राशिका जातकले आजको दिन सोचअनुसारको काम  र शत्रुमाथि विजयप्राप्ति हुने । व्यापारबाट प्राप्तबाट धनलाई सामाजिक सेवामा खर्च गर्नुहोला। सामाजिक सेवा गर्दा मानसम्मान मिल्नेछ। आजको दिन देवालय दर्शनले मनोकाक्षा पुरा हुनेछ ।

मीन(दी.दु.थ.झ.ञ.दे.दो.च.ची)

स्वास्थ्यमा ख्याल राख्नुहोला। आकस्मिक संकट छाउने छ। मनमा भय भएपनि आज देवताको स्मरण गर्दा लाभ हुनेछ। लामो दुरीको यात्रा गर्दै हुनुहुन्छ भने सूर्योदयको दर्शन गरेर यात्रा सुरुवात गर्नुहोला। सकारात्मक सोच र आफ्नो नियमित काम बाहेक अन्य काममा ध्यान नदिनुहोला। परिवारका श्रेष्ठ सदस्यलाई मिष्ठान भोजन खान दिनुहोला।

प्रतिक्रिया दिनुहोस्