धनुषामा मोटरसाइकल दुर्घटना हुँदा १ जनाको मृत्यु 



काठमाडौं । धनुषाको क्षीरेश्वरनाथ नगरपालिका–१ रमदैयामा हिजो मोटरसाइकल दुर्घटना हुँदा चालकको मृत्यु भएको छ। जनकपुरबाट महेन्द्रनगर आउँदै गरेको प्रदेश २ ०२ ००३ प ५८०१ नम्बरको मोटरसाइकल गएराती पौने १० बजे पल्टिएको थियो।

दुर्घटनामा घाइते भएका मोटरसाइकल चालक अन्दाजी ३० वर्षीय पुरुषलाई उपचारको लागि प्रादेशिक अस्पताल जनकपुर पुर्‍याउन साथ चिकित्सकले मृत घोषणा गरेका थिए। मृतकको नाम, थर र ठेगाना खुल्न बाँकी रहेको इलाका प्रहरी कार्यालय महेन्द्रनगर धनुषाले जनाएको छ। 

 

प्रतिक्रिया दिनुहोस्