ङादी ग्रुप पावरको हकप्रद सेयर आजदेखि लिलामीमा



काठमाडौं । ङादी ग्रुप पावर लिमिटेडले आइतबार (आज) २ असोजदेखि अवतरित हकप्रद सेयर बोलकबोल माध्यमद्वारा बिक्रीमा ल्याएको छ। कम्पनीले सर्वसाधारण समूहतर्फको नबिकेको १२ लाख ५७ हजार २९० कित्ता सेयर आइतबारबाट बोलकबोलमार्फत बिक्री गर्न लागेको हो।

उक्त सेयरमा १३ असोजसम्म आवेदन दिन सकिनेछ। आवेदन दिँदा न्यूनतम १०० कित्ता र अधिकतम पुरै कित्ताको लागि आवेदन दिनुपर्नेछ।

कम्पनीले उक्त सेयरको न्युनतम मूल्य प्रतिकित्ता १०० रुपैयाँ तोकेका छ। यसर्थ आवेदन दिँदा न्यूनतम १०० रुपैयाँ कबुल गरि आफ्नो बोलपत्र पेस गर्नुपर्नेछ।

सेयर लिलाम प्रक्रियाको लागि सिद्धार्थ क्यापिटल बिक्रि प्रबन्धक रहेको छ। क्यापिटलको कार्यालय नक्साल तथा सिद्धार्थ बैंकको शाखाहरु बिराटनगर, बिर्तामोड, बिरगंज, जनकपुर, हेटौडा, नारायणगढ, पोखरा, बाग्लुंग, बुटवल , घोराही, नेपालगंज, सुर्खेत, धनगडी र महेन्द्र नगर शाखाबाट बोलपत्र आवेदन बुझाउन सकिनेछ।

प्रतिक्रिया दिनुहोस्