मुगुमा सुपथ मूल्य पसल सञ्चालन



मुगु । खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड मुगुले शनिबारबाट सुपथ छुट मल्यमा चामल तथा दाल बिक्री गर्न शुरु गरेको छ।

नेपालीहरुको चाडबाड दसैं, तिहार र छड पर्वलाई लक्षित गदै खाद्य कम्पनी मुगुले चामल तथा दालमा प्रतिकिलो ७ रुपयाँका दरले छुट दिइ बिक्री गर्न शुरु गरेको हो।

शनिबार प्रमुख जिल्ला अधिकारी रोमबहादुर महतले सुपथ मुल्य पसलको उद्घाटन गर्दै छुट मुल्यमा चामल तथा दाल बिक्री गर्न शुरु गरिएको हो। उद्घाटन कार्यक्रममा बोल्दै प्रजिअ महतले सरकारले चाडपर्वमा कोही नेपालीले खाद्यान्न नपाएर खल्लो पर्व मनाउनु नपरोस् र बजारमा भएको चामलले चर्को मुल्य तिरेर उपभोग गर्दे आएका मुगुका नागरिकले यो पसल सञ्चालन गरे पछि बजारमा भएको मुल्यवृद्धिलाई पनि नियन्त्रण गर्ने प्रजिअ महतको भनाई छ।

कम्पनीले मुगुमा ६ प्रकारका चामल र १ प्रकारको दाल बिक्री गर्नेछ। चाडपर्वलाई लक्षित गरी मुगु शाखाले १५ सय क्विन्टल चामल सहुलियत मुल्यमा बिक्री गर्ने र शनिबारबाट बिक्री शुरु गरेको कम्पनीले कात्तिक १५ गतेसम्म सहुलियत मुल्यमा छुट दिने मुगु शाखाका कार्यालय प्रमुख पुस्कर भामले जानकारी गराए। उद्घाटन कार्यक्रममा प्रमुख जिल्ला अधिकारी महतले सेवाग्राही छायाँनाथ रारा नगरपालिका वडा नं.५ ताल्चका अछामपुरा कामीलाई छुट मुल्यका चामल वितरण गरेका थिए।

सेवाग्राहीहरुले आफ्नो नागरिकताको प्रतिलिपी लिएर आएमा प्रति व्यक्ति ५० केजी चामल र दाल पाउने छन्।

प्रतिक्रिया दिनुहोस्