सिटिजन लाइफको ‘बिजनेस स्ट्राटिजी कन्फेरेन्स’



काठमाडौं । सिटिजन लाइफ इन्स्योरेन्स कम्पनीको ‘बिजनेस स्ट्राटिजी कन्फेरेन्स’कोे पाचौँ संस्करण–२०७९ सम्पन्न भएको छ । चितवन सौरहाको होटेल चितवन प्याराडाइजमा कन्फेरेन्स सम्पन्न भएको हो ।

कम्पनीलाई हरेक ढङ्गबाट उत्कृष्ट बनाउन हरेक दिन इमान्दारी र मिहेनतका साथ खटिएका सम्पूर्ण कर्मचारीहरुलाई थप क्षमता अभिवृद्धि गर्ने, उत्प्रेरणा जगाउने र हौसला प्रदान गर्ने उद्देश्यले यस कार्यक्रम आयोजना गरिएको कम्पनीले जनाएको छ ।

कार्यक्रममा ११४ जना कर्मचारीको सहभागिता रहेको थियो । कार्यक्रममा गत आर्थिक बर्षको कारोबार समीक्षा गर्दै नयाँ आर्थिक बर्षको रणनीतिबारे छलफल गरिएको थियो । साथै आर्थिक वर्ष २०७८–०७९ सालमा उत्कृष्ट कार्य सम्पादन गर्ने विभिन्न शाखा र कर्मचारीहरुलाई विभिन्न ३१ विधामा सम्मान गरिएको थियो ।

यससँगै आगामी दिनमा कम्पनीले उपलब्ध गराउने सेवाहरुलाई अझै ग्राहक केन्द्रित र प्रविधिमुखी बनाउँदै लैजाने उद्देश्यका साथ कम्पनीको व्यवस्थापान टिम र शाखाका कर्मचारीहरु बिच कम्पनीको प्रशासन सम्बन्धित रहेका विविध बिषयहरुमा छलफल भएको कम्पनीको दाबी छ ।

कम्पनीले आगामी दिनहरुमा पनि अरु थुप्रै आधुनिक तथा नवीनतम डिजिटल सेवाहरु प्रचलनमा ल्याउने योजना रहेको समेत जानकारी दिएको छ । प्रचलित कानुन, निति, नियम एवंम् नियमनकारी निकायबाट जारी निर्देशनहरुको परिपालन गर्दै र सञ्चालक समितिको मार्गदर्शन अनुरुप संस्थागत सुशासन कायम गर्दै निर्धारित व्यवसायिक लक्ष्य हासिल गर्न व्यवस्थापन कटिबद्ध रहेको कम्पनीले जनाएको छ ।

कार्यक्रम ३ दिन चलेको थियो ।

प्रतिक्रिया दिनुहोस्