मूल्यवृद्धि नगर्न प्रधानमन्त्री देउवाको निर्देशन



काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले उद्योगी व्यवसायीहरूलाई दसैं र तिहारको समयमा मूल्यवृद्धि नगर्न निर्देशन दिएका छन् । प्रधानमन्त्री देउवाले उद्योग, वाणिज्य महासंघ, घरेलु तथा साना उद्योग महासंघ, चेम्बर अफ कमर्श र उद्योग परिसंघका प्रतिनिधिलाई मूल्यवृद्धि नगर्न निर्देशन दिएका हुन् ।

प्रधानमन्त्री देउवालाई भेट्न महासंघका अध्यक्ष शेखर गोल्छासहितको टोली पुगेको थियो। यस्तै, चेम्बरबाट अध्यक्ष राजेन्द्र मल्ल नेतृत्वको टोली पुगेको थियो भने साना उद्योग महासंघ र परिसंघका तर्फबाट पनि अध्यक्षसहितको टोली पुगेको थियो। यस्तै, सरकारकातर्फबाट अर्थमन्त्री जनार्दन शर्मा र उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री दिलेन्द्रप्रसाद बडू समेत छलफलमा थिए थिए।

प्रतिक्रिया दिनुहोस्