सेयर बजार सामान्य बढ्यो



काठमाडौं । सेयर बजार बुधबार पनि सामान्य बढेको छ। सेयर बजार परिसूचक नेप्से आज ६ दशमलव ४१ अंकले बढेर एक हजार ८ सय ३७ दशमलव ४६ विन्दुमा पुगेको छ।

आज व्यापार, फाइनान्स, अन्य र म्युचल फन्डबाहेक अरू समूहको सेयर सामान्य बढेको छ। बजार सामान्य बढे पनि कारोबार रकम भने निकै घटेको छ। १३ लाख ७० हजार कित्ता सेयर ४८ करोड ५४ लाख रुपैयाँमा कारोबार भएको छ। सबैभन्दा धेरै नेसनल माइक्रोफाइनान्सको प्रमोटर सेयर ४ करोड ७५ लाख रुपैयाँमा किनबेच भयो।

आज मन्दाकिनी हाइड्रोको सेयर ९ प्रतिशत तथा अभियान लघुवित्तको सेयर ८ प्रतिशतभन्दा धेरैले बढेको छ। समग्रमा बजार बढे पनि ग्लोबल आईएमई ब्यालेन्स फन्डको सेयर १० प्रतिशतले घटेको छ।

प्रतिक्रिया दिनुहोस्