प्युठान क्षेत्र १ ‘ख’ प्रत्यक्षमा केसीको उम्मेदवारी



प्यूठान । प्युठान जिल्ला क्षेत्र नं १ ख बाट नेकपा माओवादी केन्द्रले रविन्द्र केसीलाई प्रत्यक्ष उम्मेदवारीमा नाम सिफारीस गरेको छ । प्रतिनिधिसभामा राष्ट्रिय जनमोर्चाले दावी पेश गरेपछि माओवादी केन्द्र प्युठान जिल्ला समितिले प्रदेशमा आप्mनो दावी पेश गर्दै केसीको नाम सिफारीस गरेको हो ।

केसी नेकपा माओवादी केन्द्रका पूर्वकेन्द्रीय सदस्य, प्रदेश सम्पर्क समन्वय अनुशासन आयोगका अध्यक्ष समेत हुन् । उनले राष्ट्रिय सहकारी महासंघमा ३ दशक कार्यकारी सञ्चालन एवम् विभिन्न पदमा रही काम गरी सकेका छन् ।

हाल उनी महासंघका सल्लाहकारको रूपमा आवद्ध छन् । सहकारी ऐन निवमावली निर्माणमा सहकारी महासंघको महत्वपूर्ण भूमिका रहेको छ । लामो समय विभिन्न तहमा बसी योगदान पु¥याउँदै आएका केसीलाई जिल्लामा समेत रुचाईएका नेता मध्येमा एक हुन् ।

२०३८ सालमा जनता मा.वि.बाग्दुलाबाट राजनीतिक यात्रा सुरु गरेका केसीसँग अखिल नेपाल शिक्षक संगठन रोल्पाको उपाध्यक्ष, अध्यक्ष हुँदै नेपाल राष्ट्रिय किसान आयोगको सदस्य एवम् प्रवक्ताको रूपमा लामो समय काम गरेको अनुभाव छ । सहकारीको विभिन्न अभियान मार्फत् साना किसान एवम् सिमान्तकृत स्थानीयको जीवनस्थर उकास्न लागि परेका केसी पछिल्लो समय राजनीतिक हिसाबले महत्वपूर्ण उच्चस्तरीय राष्ट्रिय सहिद पार्कको उपध्याक्षको रूपमा कार्यरत छन् ।

प्रतिक्रिया दिनुहोस्