यस्ताे छ तपाईंको आजको राशिफल



काठमाडौं । आज १६ असोज २०७९, आइतबार । तदनुसार अक्टोबर महिनाको २ तारिक २०२२ । आश्विन शुक्लपक्ष सप्तमी अर्थात् आज बडा दसैँको सातौँ दिन हो।

आज घटस्थापना गरिएको पूजाघरमा आज फूल्पाती भित्र्याउने गरिन्छ । काठमाडौंको बसन्तपुरमा रहेको दसैँ घरमा गोरखाबाट ल्याइएको फूलपाती भित्र्याउने गरिन्छ । आज कालरात्री देवीको पूजा आरधना गर्ने दिन हो । आजको दिन साँझको समयमा दशैं घरमा फूलपाती भित्र्याउने चलन रहेको छ ।

आज बिहान सूर्योदय ०५ः५७ मा र सूर्यास्त ५ः४९ मा हुनेछ । आज गर करण, मूल नक्षत्र, सौभाग्य योग र चन्द्रमा धनु राशिमा रहेको छ । आजको देवता ब्रम्हा र ग्रहदेव शुक्र रहेको छ । आइतबारको दिन बिहान सूर्योदयको दर्शन गर्नु उत्तम हुनेछ । आइतबारलाई आदित्य अर्थात् सूर्यबार पनि भनिन्छ।

फूलपाती भित्र्याउँदा नौ प्रकारका फूलको प्रयोग हुने गर्दछ । केरा, दारिम, धानको बोट, हरिन्द्रा मानकको बोट, कचु, विल्व बेल र अशोक जयन्ती फूलको आवश्यकता पर्दछ । यि फूलहरू उपलब्ध नभएमा सुपारी राखेर पनि पूजा गर्ने धार्मिक मान्यता रहेको छ ।

आजको राशिफल

मेष (चु.चे.चो.ला.लि.लु.ले.लो.अ)

व्यापार व्यवसायमा हुनुहुन्छ भने आजको दिन बिहानको सूर्योदयको दर्शनपछि कार्य शुभारम्भ गर्दा अर्थ लाभ हुनेछ। परिवार र मित्र मण्डमलीबाट साथ सहयोग हुनेछ । बिहानको उदाँउदो सूर्यको र देवालयको दर्शन  गरेर काम शुरु गर्दा साताभर तपाईको कार्यसििद्ध हुनेछ ।

वृष  (इ.उ.ए.ओ.वा.वि.वु.वे.वो)

तपाईंको लागि आजको दिन त्यति अनुकुल देखिदैन । यात्राको लागि अवसर आउन सक्छ।  धार्मिक क्षेत्रको यात्रा गर्नु वेश हुनेछ । तपाईले सोच अनुसारको कार्य सफलता मिल्नेछ। आफूले विगतदेखि गर्दै आएको काममा सफलता मिल्नेछ । आजको दिन मौन रहेर व्रत गर्दा फलदायी हुनेछ ।  आजको दिन शुरु गरेका कार्यसिद्ध हुनेछ।

मिथुन (क.कि.कु.घ.ङ.छ.के.को.ह)

मिथन राशिका जातका लागि आजको दिन परिवार र आफन्तजनमा आर्थिक विवाद हुनसक्छ। त्यसैले आजको दिन विवाद हुन सक्ने कम नगर्नुहोला। परिवारमा अनावश्यक विवाद हुन खोज्दा विवाद बढ्न सक्छ।  आर्थिक समस्याको कारण मनमा अनेक चिन्ता र विवादका कारण तपाईले सोच अनुसार काम नहुँदा हुने चिन्ताको बीचमा सकारात्मक सोचको आवश्यकता रहेको छ।

कर्कट (हि.हू.हे.हो.डा.डि.डु.डे.डो)

आजको दिन कर्कट राशि भएका जातकको  दाम्पत्य जीवनमा विवाद हुनसक्छ। त्यसैले आजको दिन कुनै पनि काम गर्दा धैर्यको आवश्यक छ। व्यापार व्यवसाय र कामबाट तपाईंलाई हानी हुनसक्छ । धैर्यपूर्वक सोचविचार गरेर मात्र काम गर्नुभयो भने संकट हटाउन सक्नुहुनेछ। आफ्नो नियमित काम बाहेक अन्य काम नगर्दा वेश हुनेछ।

सिंह (मा.मि.मु.मे.मो.टा.टि.टु.टे)

आज तपाईको मनमा प्रसन्नता छाउने छ। धनलाभ र स्वास्थ्यले पनि साथ दिने भएकाले तपाईले सोच अनुसारका काम हुँदा हुने खुसीले तपाईको मनमा विजयप्राप्तिको खुसी छाउने छ। आफूले गरेको कार्य सफलताले मनमा उत्साह छाउने छ । आजको दिन बिहान सूर्योदयको दर्शन अवस्य गर्नुहोला। विवाद हुने काम र कुरा दुवै बर्जित गर्नुहोला ।

कन्या (टो.प.पी.पू.ष.ण.ठ पे.पो)

तपाईंको दाम्पत्य जीवनमा सुख, समृद्धिका लागि आजको  दिन अर्थ लाभ हुनसक्छ । कन्या राशिका जातका लागि यात्राको लागि अवसर प्राप्त हुनेछ। आजको दिन सुरु गरेको यात्राले तपाईलाई नयाँ योजना बनाउनका लागि सहयोग गर्नेछ । रचनात्मक र कलाकारितामा मन जानेछ । कमारीको फलाहार दिने र बस्त्र दान गर्नु राम्रो हुनेछ।

तुला( रा.री.रु.रे.रो.ता.ती.तु.ते)

तपाईंको चाहना र इच्छाअनुसारको काम नहुँदा पारिवारिक तनावले गर्दा मनमा चिन्ता हुनसक्छ। आफ्नो नियमित काम बाहेक नयाँ काम  नगर्नुहोला।  पनि विवाद हुने काम बाट टाडा रहनुहोला। विवाद गर्दा तपाईमाथि अनेक आरोप लगाउन सक्छन भने तपाईंलाई हानी हुनसक्ने सम्भावना पनि रहन्छ।

वृश्चिक (तो.ना.नि.नु.ने.नो.या.यि.यु)

तपाईंको आजको दिन व्यापार व्यवसायबाट सोचेभन्दा बढी धन लाभ हुने देखिन्छ। कसैबाट आर्थिक साथ सहयोग मिल्नेछ । छोटो यात्राले मनमा खुसी छाउने छ। शत्रुहरुले समेत तपाईको कार्यप्रशसा गर्ने छन्। आर्थिक कारोबार गर्दा भने अलिकति सोच, होस र विचार गर्नुहोला । कसैलाई पनि मनमुटाव हुने काम नगर्नुहोला ।

धनु (ये.यो.भा.भी.भु.ध.फा.ढ.भे)

आफन्तलाई आजको दिन भेट गर्दा तपाईलाई साथ सहयोग हुनुसक्छ । परिवारजनबाट प्राप्त हुने सहयोगले नयाँ कामको थालनी गर्नका लागि उत्साह थपिने छ। अध्ययन अध्यापन क्षेत्रमा हुनुहुन्छ भने सरस्वती र आदित्यहद्यस्तोत्र पाठ गर्दा फलप्राप्त हुनेछ। आजको दिन सुरु गरेको कार्य फलदायी हुनेछ । चन्द्रमाको साथ रहेको छ। आजको दिन शुभकार्य गर्न सक्नुहुनेछ ।

मकर भो.जा.जी.जू.जे.जो.ख.खि.खु.खे.खो.गा.गी)

मकर राशिको जातकको लागि अध्ययन अध्यापनमा सफलता मिल्नेछ । तपाईले विगतदेखि गर्दै आएको जे काम भएपनि त्यसको सफलताका लागि एककदम अगाडि बढ्दा तपाईलाई लाभ हुनेछ । सकारात्मक सोच र नयाँ काम गर्नका लागि हौसला प्राप्त हुनेछ । मित्र र घर परिवारको समेत साथ सहयोग रहने छ ।

कुम्भ (गु.गे.गो.सा.सी.सु.से.सो.द)

कुम्भ राशिका जातकले हरेक साताको आइतबार बिहान पहिले सूर्यनारायणको दर्शन गर्नुभयो भने दिन उत्तम वित्नेछ। स्वास्थ्यमा ध्यान दिनुपर्ने र यात्रा गर्नुभन्दा पहिले पूवै तयारी गर्नुहोला। अर्थलाभ, मित्रहरुको साथ सहयोग र सोचअनुसार काम हुनेछ। सामाजिक कार्यले तपाईलाई मनमा शान्ति मिल्नेछ। कसैसँग विवाद हुने काम नगर्नुहोला।

मीन(दी.दु.थ.झ.ञ.दे.दो.च.ची)

अध्ययन अध्यापनमा नयाँ सफलता प्राप्त हुनेछ। लेखक, अध्यापकको लागि नयाँ बाटो खुल्नेछ। साँझको समयका शिवालय यात्रा गर्दा फलदायी हुनेछ । सूयोदयको दर्शन उत्तम मानिन्छ। रचनात्मक कार्यमा मन जानेछ। आजको दिन बनेका कार्ययोजना पुरा गर्नुभयो भने साताका दिन फलदायी हुने योग रहेको छ। आजको दिन मौन रहनु उत्तम हुनेछ। गृहस्थ कार्यहरु गर्नुहोला ।

प्रतिक्रिया दिनुहोस्