यस्तो छ तपाईंको आजको राशिफल



काठमाडौँ । आज १७ असोज २०७९, सोमबार । अक्टोबर महिनाको ३ तारिक २०२२ । आश्विन शुक्लपक्ष अष्टमी, आजको दिन महाअष्टमी हो । देशभर रहेका देवी मन्दिरहरुमा बली दिने गरिन्छ।

आजको दिन देवीको विशेष उपासना गर्ने चलन पनि छ। आज रातको समयमा पनि देवीका आरधना र बली दिने अनेक परम्परा रहेको छ। महागौरी देवीको साधना पनि गरिन्छ। बली नदिने व्यक्तिले कुपिण्डो बली दिने चलन पनि रहेको छ।

आजको दिन सर्वसाधरणहरुले पनि देवीको पूजा र बली दिएर महाअष्टमी पर्व मनाउने गरिन्छ। आजको दिन बिहान ७ः२७ देखि ८ः५६ सम्मको समय राहुकाल रहेको छ। यो समय बाहेक आजका दिन विशेष दिन हो। बिहान सूर्योदय ०५ः५८ मा हुनेछ भने सूर्यास्त ५ः४८ मा हुनेछ ।

विष्टि करण, पूर्वषाढा नक्षत्र शोभन योग र चन्द्रमा धनु राशिमा रहेको छ। आजको देवता बृहस्पति र ग्रहदेव सूर्य रहेको छ। आजको दिन सूर्यनारायणको दर्शन गर्नु उत्तम मानिन् । आजको दिन चलायमान कामको लागि उत्तम दिन रहेको छ।

मेष (चु.चे.चो.ला.लि.लु.ले.लो.अ)

मेष राशिको जातकको लागि आजको दिन धनलाभ हुनसक्नेछ। परिवार र दाम्पत्यजीवनमा साथ सहयोग र यात्रा गर्दा मात्र कष्ट हुनेछ । सकारात्मक सोच राखेर मात्र काम गर्नुपर्ने छ। आजको दिन शिवालय यात्रा गर्दा तपाईंको इच्छा पूरा हुँदै जानेछ । मौन रहनु उत्तम हुनेछ।

वृष  (इ.उ.ए.ओ.वा.वि.वु.वे.वो)

वृष राशिका व्यक्तिले विगतमा गरेको कामबाट मानसम्मान मिल्नेछ। मनमा निराशा  छाउने छ।  पारिवारिक सन्तोष, आम्दानी र नयाँ सोच आउने छ । विहान उठेर सूर्योदयको दर्शन गर्नुहोला । सामाजिक काम गर्दा मनमा खुसियाली छाउने छ । आज सुरु गरेको नयाँ कामले सफलता मिल्नेछ ।

मिथुन (क.कि.कु.घ.ङ.छ.के.को.ह)

तपाईंको आजको समय र दिन अनुकुल रहेको छ । मनमा हर्ष र नयाँ काम गर्दा पनि फाइदा हुनेछ। तपाईंलाई मानसम्मान मिल्नेछ । सहयोगी भावका कारण तपाईलाई सन्तोष मिल्नेछ । सकारात्मक सोच राखेर कुनै पनि काम गर्दा सफल हुनसक्नुहुनेछ । कसैप्रति भैरभाव राखेर काम नगर्नुहोला । चन्द्रमाको साथ रहेको छ । सूर्यनारायणको दर्शन गर्नुहोला ।

कर्कट (हि.हू.हे.हो.डा.डि.डु.डे.डो)

तपाईंलाई आजको दिन मनमा अशान्त र निराशा उत्पन्न हुनसक्छ । पारिवारिक तनावका कारण मनमा अनेक चिन्ता छाउने छ।  कर्कट राशिका जातकले कसैसँग विवाद र झगडा नगर्नुहोला। आजको दिन बिहान शिवालय र नवग्रह दर्शन गर्दा तपाईंका संकट समस्या समाधान हुनसक्छ। आत्मबल बलियो बनाएर काम गर्दै जानुभयो भने सफलता प्राप्त हुनेछ।

सिंह (मा.मि.मु.मे.मो.टा.टि.टु.टे)

आजको दिन आफन्तजनबाट आर्थिक सहयोग प्राप्त हुन सक्नेछ । यात्रा गर्दा तपाईलाई फाइदा हुनेछ। मित्रमण्डली र परिवारको साथ पाउने योग रहेको छ। परिवारका सदस्यहरुसँग विवाद हुनसक्छ त्यसैले आजको दिन सिंह राशिका जातकले कम बोल्नु र मौन रहनु नैं बुद्धिमानी हुनेछ। विवाद हुँदा तपाईमाथि नैं आरोप लाग्न सक्छ ।

कन्या (टो.प.पी.पू.ष.ण.ठ पे.पो)

कन्या राशिका जातका लागि आजको दिन शुभ रहेको छ।  तपाईंले गर्दै आउनुभएको क्षेत्रमा मानसम्मान मिल्नसक्छ। आजको दिन नयाँ काम गर्दा सफल हुनुहुनेछ।  शिवालयको यात्रा गरेर  केही खानेकुरा वितरण गर्नु भयो भने उत्तम हुनेछ। आजको दिन व्रत बस्नु उत्तम मानिन्छ। बालक, बालिकालाई भोजन गराउनुहोला ।

तुला( रा.री.रु.रे.रो.ता.ती.तु.ते)

तपाईंले आजको दिन शुरु गरेको कामले सफलता प्राप्त गर्नेछ। व्यपार व्यवसायमा लगानीअनुसारको प्रतिफल प्राप्त हुनेछ । यात्राका लागि प्रस्ताव आउनसक्छ। अध्यात्मयात्राले तपाईलाई मनमा उर्जा थप गर्नेछ। आजको दिन सतपात्रलाई दान र भोका व्यक्तिलाई भोजन दिनुभयो भने मनमा खुसियाली छाउने छ।

वृश्चिक (तो.ना.नि.नु.ने.नो.या.यि.यु)

आजको दिन यात्रा अवरोध आउनसक्छ। त्यसैले आज नियमित काम बाहेक अन्य कामको लागि समय खर्च नगर्नुहोला। आजको दिन तपाईंले गरेको कामको प्रसंसा हुनेछ। मानसम्मान मिल्नसक्नेछ। सरकारी कार्यालयका अधिकारीहरुलाई उच्च अधिकारबाट धन्यवाद प्राप्त हुनसक्छ।

धनु (ये.यो.भा.भी.भु.ध.फा.ढ.भे)

तपाईले गरिरहनु भएको कामबाट धनलाभ हुनेछ। त्यसैले आजको दिन तपाईले सोचअनुसारको काम हुनेछ । सन्तानबाट सुख र स्त्रीजातिको साथ सहयोगले तपाईंले राम्रो काम गर्नुहुनेछ। देवालय र शिवालयको यात्रा तपाईंको लागि आज फलदायी हुनेछ । कुमारी कन्या र बृद्ध मानिसलाई खानेकुरा वस्त्र उपहार दिनुभयो भने मनमा सन्तोष छाउने छ । चन्द्रमाको साथ रहेको छ

मकर (भो.जा.जी.जू.जे.जो.ख.खि.खु.खे.खो.गा.गी)

तपाईको लागि आज अर्थलाभ हुने सम्भावना  छ । कसैलाई सापटी दिनुभएको  छ भने आजको दिन पनि प्राप्त हुनसक्छ । तर, मनमा अशान्त हुनेछ । स्वास्थ्यमा निकै ध्यान दिनुहोला । कसैसँग विवाद हुने कुरा नगर्नुहोला । परिवारका सदस्यहरुसँग लेनदेनमा विवाद समाधान हुनेछ । आज बिहान सूर्योदयको दर्शन गर्नुहोला ।

कुम्भ (गु.गे.गो.सा.सी.सु.से.सो.द)

आजको दिन तपाईंले गर्ने यात्राले मनमा प्रसन्नता छाउने छ । कुम्भ राशिका जातकले आजको दिन सोचअनुसारको काम  र शत्रुमाथि विजयप्राप्ति हुनेछ । व्यापारबाट प्राप्त धनलाई सामाजिक सेवामा खर्चनु भएको छ भने सम्मान मिल्नेछ । दाम्पत्य जीवनमा खुसियाली छाउने छ । स्वास्थ्यमा सामान्य समस्या हुनसक्छ । त्यसैले आफ्नो स्वास्थ्यमा ध्यान दिनुहोला।

मीन(दी.दु.थ.झ.ञ.दे.दो.च.ची)

मीन राशिका जातकले सोमबार सुरु गरेका काम साताभित्र सकिने छ। त्यसैले आजको दिन कुनै शुभ कामको सुरुवात गर्नुभयो भने त्यो काम यही साताभित्र सकिने छ । मीन राशिका जातकले आजको दिन मौन रहनु वेश हुनेछ। कसैप्रति बैरभाव नराखी अध्ययन र आफ्नो नियमित काम गर्नुहोला  शिवालय यात्राले तपाईमा आत्मबल वृद्धि हुँदै जानेछ ।

प्रतिक्रिया दिनुहोस्