भौतिकशास्त्रतर्फको नोबेल पुरस्कार ३ जनालाई



एजेन्सी । यस वर्षको भौतिकशास्त्रतर्फको नोबेल पुरस्कार ‘क्वान्टम मेकानिक्स’ बारे अनुसन्धान गर्ने तीन जना वैज्ञानिकलाई दिने घोषणा गरिएको छ। ‘क्वान्टम मेकानिक्स’ सबैभन्दा सानो मात्रामा प्रकृतिको वर्णन गर्ने विज्ञान हो।

यस वर्षको भौतिकशास्त्र तर्फको नोबेल पुरस्कार अलाँ आस्पेय, जोन क्लअसन र एन्टोन साइलिङ्गरले आपसमा बराबरी रूपमा बाँड्नेछन्।

पुरस्कारको राशि एक करोड स्वीडिश क्रोनर छ। गत वर्ष पनि भौतिकशास्त्रतर्फको नोबेल पुरस्कार ३ वैज्ञानिकहरूलाई नै दिइएको थियो।

यस वर्षको पुरस्कार विजेताहरूले जटिल क्वान्टम अवस्थाहरू प्रयोग गरेर नवीन खोजहरू सञ्चालन गरेका थिए। उक्त खोजले २ उप–पारमाणविक कणहरू छुट्टिए पनि तीनले एउटै एकाइको रूपमा व्यवहार गर्छन् भन्ने देखाएको छ।

प्रतिक्रिया दिनुहोस्