तोलामा ५ सय रुपैयाँले बढ्यो सुनको मूल्य



काठमाडौं । आज नेपाली बजारमा सुनको मूल्य तोलामा ५ सय रूपैयाँले बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार यसदिन छापावाल सुन तोलामा ५ सय रूपैयाँले बढ्दै ९३ हजार ६ सय रूपैयाँ पुगेको हो । अघिल्लो दिन छापावाल सुन प्रतितोला ९३ हजार एकसय रूपैयाँमा कारोबार भएको थियो ।

यस्तै आज तेजाबी सुनको मूल्य समेत तोलामा ५ सय रूपैयाँले नै बढ्दै ९३ हजार एक सय रूपैयाँ पुगेको महासंघको जनाएको छ । यता चाँदीको मूल्य भने अघिल्लो दिनको मूल्य १० रूपैयाँले बढ्दै आज प्रतितोला एक हजार २२५ रूपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्