सेञ्चुरी कमर्सियल बैंक लिमिटेड र दराज केयमु प्रा.लिबीच सम्झौता



काठमाडौं । सेञ्चुरी कमर्सियल बैंक लिमिटेड र दराज केयमु प्रा.लिबीच बैंकमा खाता रहेका ग्राहकहरुलाई दराजको ११.११ अभियानमा छुट प्रदान गर्ने गरि सम्झौता भएको छ । यो योजना नोभेम्बर ११, २०२२ (कार्तिक २५ गते) देखि लागू हुनेछ । उक्त सम्झौतापत्रमा बैंकको तर्फबाट प्रमुख व्यापार प्रवर्द्धन अधिकृत श्री शंकर केसी र दराज केयमु प्रा.लिका तर्फबाट पेमेन्ट प्रबन्धक श्री जोनाम भूर्तेलले हस्ताक्षर गरे ।

बैंकमा खाता रहेका ग्राहकहरुले दराजको ११.११ अभियानमार्फत अनलाईन सामान खरिद गर्दा बैंकको डेबिट कार्डबाट गरिने भुक्तानीमा अधिकतम १५ % वा २,५०० सम्मको छुट र क्रेडिट कार्डबाट गरिने भुक्तानीमा अधिकतम २० % वा ३,००० सम्मको छुट प्रदान गर्ने गरी सम्झौता भएको छ । उक्त छुट प्राप्त गर्नको लागि ग्राहकहरुले आफ्नो कार्डको ई-कमर्स सेवा सुचारु गर्नुपर्नेछ ।

सेञ्चुरी कमर्सियल बैंक लिमिटेडले १४८ शाखा, १० एक्सटेन्सन काउण्टर, २४ शाखारहित बैंकिङ्ग र ११५ वटा एटिएम मार्फत वित्तीय सेवा प्रदान गर्दै आएको छ । अन्य जानकारीका लागि बैंकको वेबसाइट www.centurybank.com.np तथा बैंकका शाखा कार्यालयहरुमा सम्पर्क राख्न अनुरोध गरिन्छ ।

प्रतिक्रिया दिनुहोस्