वैदेशिक रोजगारीमा गएकालाई अनिवार्य आईपीओ



काठमाडौं । नेपाल धितोपत्र बोर्डले वैदेशिक रोजगारीमा गएका नेपालीहरूलाई अनिवार्य आईपीओ निष्कासन गर्नुपर्ने निर्देशिका लागु गरेको छ। ‘धितोपत्र निष्कासन तथा बाँडफाँड (छैठौँ संशोधन) निर्देशिका, २०७९’ आजबाट लागु भएको छ।

निर्देशिका लागु भएसँगै कुनै पनि कम्पनीले सर्वसाधारणलाई आईपीओ निष्कासन गर्नुभन्दा अगाडि नै १५ दिनको आवेदन म्याद राखेर वैदेशिक रोजगारमा रहेका नेपालीहरूलाई १० प्रतिशत आईपीओ छुट्याउनुपर्नेछ। यस्तो आरक्षण प्राप्त गर्न सम्बन्धित निकायबाट श्रम स्वीकृति प्राप्त गरी विदेशमा बसी रोजगारी गरिरहेको हुनपर्नेछ।

प्रतिक्रिया दिनुहोस्