भारतले बढायो पेट्रोलियम पदार्थको मूल्य, नेपालमा यथावत्



काठमाडौं । नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य यथावत राखेको छ। इण्डियन आयल कर्पोरेसन लिमिटेडले पछिल्लो पटक पठाएको मूल्य सूचीअनुसार पेट्रोल, डिजेल लगायतको मूल्य केही बढेर आएको निगमले जनाएको छ।

निगमका अनुसार पेट्रोलमा ०.६१ प्रति लिटर, डिजेलमा ५.७६ प्रति लिटर, मट्टितेलमा ४.०१ प्रति लिटर, हवाई इन्धनमा ४.७७ प्रति लिटरले बढेर आएको छ। एलपी ग्यासमा केही घटेर आएको भएतापनि निगमलाई हाल डिजेलमा १२.१४ प्रति लिटर घाटा रहेको छ भने ग्यासमा २२८.८४ प्रति सिलिण्डर घाटा छ।

पेट्रोल, हवाई इन्धन र मट्टितेलमा हुने केही नाफा समेतलाई गणना गर्दा समग्रमा निगमलाई आगामी १५ दिनमा करिब १८ करोड नाफा हुने प्रक्षेपण गरिएको निगमले जारी गरेको विज्ञप्तिमा उल्लेख छ। यद्यपि निगमले इण्डियन आयल कर्पोरेसन र नेपाल सरकारलाई २९ अर्ब ११ करोड पुरानो ऋण तिर्न बाँकी रहेको जनाइएको छ।

प्रतिक्रिया दिनुहोस्