तोलामा ३ सय रुपैयाँले घट्यो सुनको मूल्य



काठमाडौं । मंगलबार आज सुनको मूल्य ३ सय रुपैयाँले घटेको छ । तोलामा ३ सय रुपैयाँले घटेर सुन आज ९४ हजार रुपैयाँमा कारोबार भइरहेको नेपाल सुन चाँदी व्यवसायी महासङ्घले जनाएको छ । आज चाँदीको मूल्य भने स्थिर छ । चाँदी हिजो सोमबार जस्तै तोलामा १ हजार २ सय ६५ रुपैयाँमा किनबेच भइरहेको छ ।

प्रतिक्रिया दिनुहोस्