आज सामान्य अंकले घट्यो नेप्से



काठमाडौं । मंगलबार आज नेप्से २.५७ अंकले घटेर १ हजार ९ सय ५६.३६ विन्दुमा अडिएको छ । सूचक केही घटेपछि लगानीकर्ता पर्ख र हेरको अवस्थामा देखिए । जसले गर्दा कारोबार रकम पनि अघिल्लो दिनको तुलनामा घटेको छ ।

आज १ अर्ब ५ करोड रूपैयाँ बराबरको कारोबार भएको नेपाल स्टक एक्सचेन्जले जनाएको छ । २२७ कम्पनीको २७ लाख ७३ हजारभन्दा बढी कित्ता सेयर कारोबार भएको हो ।

१३ मध्ये ४ वटा समूह सकारात्मक बनेका छन्, बाँकी सबै समूह घटेका छन् । ८ करोड ५७ लाख रूपैयाँसहित कारोबार रकममा शिवम् सिमेन्ट अग्रस्थानमा रहेको छ । यसैगरी, दोस्रो र तेस्रो स्थानमा क्रमशः सिटिजन्स बैंक र जाल्पा लघुवित्त परेका छन् ।

प्रतिक्रिया दिनुहोस्