ओलीले आज कर्णालीका ३ जिल्लामा आयोजित चुनावी सभालाई सम्बोधन गर्ने



सुर्खेत । प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आज कर्णालीका ३ वटा जिल्लामा आयोजित कार्यक्रमलाई सम्बोधन गर्ने भएका छन् ।

ओलीले बिहान कालिकोटको रोस्कोटमा आयोजित चुनावी सभलाई सम्बोधन गर्ने भएका छन् भने त्यसपछि दैलेखको जुम्बुकाँधमा आयोजित चुनावी सभालाई सम्बोधन गर्ने छन् ।

यस्तै दिउँसो १ बजेदेखि २ बजेसम्म सुर्खेतको वीरेन्द्रनगरमा आयोजित चुनावी सभालाई सम्बोधन गर्ने कार्यतालिका रहेको एमाले प्रदेश अध्यक्ष विनोद शाहले जानकारी दिएका छन् ।

प्रतिक्रिया दिनुहोस्