तोलामा १ सय रुपैयाँले घट्यो सुनको मूल्य



काठमाडौं । आज सोमबार सुनचाँदीको मूल्यमा सामान्य घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन तोलामा १ सय रूपैयाँले घट्दै ९७ हजार २ सय रूपैयाँमा झरेको छ भने चाँदीको मूल्य ५ रूपैयाँले घट्दै एक हजार २९५ रूपैयाँमा झरेको छ ।

अघिल्लो दिन छापावाला सुन प्रति तोला ९७ हजार ३ सय रूपैयाँ र चाँदी एक हजार ३ सय रूपैयाँमा कारोबार भएको थियो । यस्तै आज तेजाबी सुनको मूल्य समेत तोलामा एक सय रूपैयाँले नै घट्दै ९६ हजार ७ सय रूपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्