एमाले हरेक नेपालीको मनमा छ : उपाध्यक्ष पोखरेल



काठमाडौं । प्रमुख प्रतिक्षी दल नेकपा एमालेका वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले एमाले हरेक नेपालीहरूको मनमा बस्न सफल भएको दावी गरेका छन् । मंगलबार काठमाडौँ निर्वाचन क्षेत्र नम्बर ५ मा चुनावी प्रचारप्रसारका क्रममा घरदैलो अभियानमा सहभागी बनेका उनले जनताको काम गरेर नै एमाले उचाइमा पुगेको बताएका हुन् ।

उनले आफ्नो निर्वाचन क्षेत्रका मतदाताहरूले सकारात्मक प्रतिक्रिया दिइरहेको बताएका छन् । यसपटक मतदाताहरूले विगतको भन्दा र सोचेको भन्दा पनि राम्रो प्रतिक्रिया दिइरहेको उनको भनाइ छ।

वरिष्ठ उपाध्यक्ष पोखरेलले भने, ‘जनताको अत्यन्त सकारात्मक प्रतिक्रिया छ । हामीप्रतिको सद्भाव र विश्वास व्यक्त गर्नुभएको छ । हामीले सोचेभन्दा राम्रो प्रतिक्रिया पाएका छौँ । नेकपा एमाले जुन ढंगले यो ठाउँमा स्थापित छ । विचार, संगठन, नेतृत्व, जनताको काम गर्ने हिसाबले संगठित छ, त्यो उचाइ अरू कसैले प्राप्त गर्न सकेका छैनन् ।’

उपाध्यक्ष पोखरेल काठमाडौँ निर्वाचन क्षेत्र नम्बर ५ मा नेकपा एमालेबाट प्रतिनिधि सभाका लागि उम्मेदवार छन् । निर्वाचनको दिन नजिकिएसँगै नेताहरू अहिले जनताको घरदैलोमा पुगेर भोट माग्ने क्रम जारी छ ।

प्रतिक्रिया दिनुहोस्