नेपालमा ६ हजार ४ सय ८६ व्यावसायिक पशुपालन फार्म सञ्चालनमा



काठमाडौं । नेपालमा कूल ६ हजार ४ सय ८६ व्यावसायिक पशुपालन फार्म रहेको तथ्याङ्क सार्वजनिक भएको छ । कृषि तथा पशुपन्छी विकास मन्त्रालयले मंगलबार ‘व्यावसायिक पशुपालन एकीकृत सर्वेक्षण २०७८’ मार्फत यस्तो तथ्याङ्क सार्वजनिक गरेको हो ।

विश्व खाद्य तथा कृषि सङ्गठनको सहयोगमा कृषि मन्त्रालय र राष्ट्रिय तथ्याङ्क कार्यालय (तत्कालीन केन्द्रीय तथ्याङ्क विभाग) ले गत आर्थिक वर्ष २०७८/७९ मा नेपालभरि व्यावसायिकरुपमा सञ्चालनमा रहेका ठूला तथा मध्यम पशुपालन व्यवसायको एकीकृत सर्वेक्षण, २०७८ कार्यक्रम सञ्चालन गरेको थियो ।

सर्वेक्षणको नतिजाअनुसार देशभर १ हजार २ सय ३३ वटा गाईपालन फार्म र ९ सय १४ वटा भैँसीपालन फार्म रहेका छन् । त्यस्तै, ४३ वटा राँगापालन फार्म, २ हजार २ सय ९५ वटा बाख्रारच्याङ्ग्रापालन फार्म, ५ सय ७२ वटा भेडापालन फार्म रहेको सर्वेक्षण प्रतिवेदनमा उल्लेख छ । मासु प्रयोजनका लागि १ सय १८ वटा र पाठापाठी उत्पादन प्रयोजनका लागि तीन सय ६४ वटा सुँगुरपालन फार्म सञ्चालनमा रहेको पनि उक्त प्रतिवेदनमा जनाइएको छ ।

यो सर्वेक्षणले नेपालमा गाईरभैँसीपालन (मिश्रित) फार्म ४ सय ८३ वटा, बाख्रारच्याङ्ग्रारभेडापालन (मिश्रित) फार्म १ सय ९८ वटा र गाईरभैँसीपालन तथा बाख्रारच्याङ्ग्रारभेडापालन (मिश्रित) फार्म २ सय ६५ वटा रहेको देखाएको छ ।

यस्ता व्यावसायिक पशुपालन फार्ममध्ये प्रदेश नम्बर १ मा सबैभन्दा बढी अर्थात् १ हजार २ सय ७० र मधेस प्रदेशमा सबैभन्दा कम अर्थात् ४ सय ४ वटा फार्म रहेको पाइएको छ । सर्वेक्षणको नतिजाअनुसार नेपालमा ४४ हजार ८ सय ७३ वटा गाईरगोरु व्यावसायिकरुपमा पालिएको देखाएको छ । जसमध्ये उन्नत जातका गाईरगोरुको सङ्ख्या ३३ हजार ७ सय ५७ (७५ प्रतिशत) रहेको छ । यिनीहरुमध्ये दूध दिने र नदिने गाईको सङ्ख्या क्रमशः १५ हजार ३ सय ८० (६३ प्रतिशत) र ९ हजार १ सय ४ (३७ प्रतिशत) रहेको छ ।

सर्वेक्षणले सबैभन्दा बढी अर्थात् ९ हजार ३ सय ६४ वटा गाईरगोरु बागमती प्रदेशमा र सबैभन्दा कमअर्थात् २ हजार ७४ वटा गाई गोरु सुदूरपश्चिम प्रदेशमा रहेको देखाएको छ । यसैगरी, यो सर्वेक्षणले नेपालमा ३४ हजार छ सय ५३ वटा राँगारभैँसी व्यावसायिकरुपमा पालिएको देखाएको छ । जसमध्ये उन्नत जातका राँगारभैँसीको सङ्ख्या २४ हजार चार सय ४७ (७१ प्रतिशत) रहेको छ ।

यिनीहरूमध्ये दूध दिने र नदिने भैँसीको सङ्ख्या क्रमशः १० हजार आठ सय ४१ (६१ प्रतिशत) र ६ हजार ९ सय ३१ (३९ प्रतिशत) रहेको छ । सर्वेक्षणले सबैभन्दा बढी अर्थात् ११ हजार चार सय ६९ वटा भैँसी गण्डकी प्रदेशमा र सबैभन्दा कम अर्थात् १ हजार ६ सय ३० वटा भैँसी सुदूरपश्चिम प्रदेशमा रहेको देखाएको छ ।

सर्वेक्षणले नेपालमा जम्मा १ लाख ५० हजार पाँच सय ६८ वटा बाख्रा, ८८ हजार चार सय २१ वटा भेडा र ३८ हजार ३ सय ६० वटा सुँगुर व्यावसायिकरुपमा पालेको देखाएको छ । प्रतिवेदनअनुसार १५ हजार ३ सय ८० वटा दूध दिने गाई ४ करोड ५८ लाख ३ हजार ४ सय ५७ लिटर दूध उत्पादन भएको देखाएको छ ।

यसैगरी व्यावसायिक फार्म बाट २ करोड ३२ लाख ३१ हजार ९१ लिटर भैँसीको दूध उत्पादन भएको देखाएको छ । यो सर्वेक्षणको लागि मुलुकभर जम्मा सात सय ९८ पशुपालन व्यवसाय छनोट गरिएको मन्त्रालयले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्