सुनको मूल्य आज तोलामा १ सय रुपैयाँले बढ्यो



काठमाडौं । सुनको मूल्य आज तोलामा १ सय रुपैयाँले बढेको छ । सुन आज तोलाको ९८ हजार १ सय रुपैयाँ तोकिएको नेपाल सुन चाँदी व्यवसायी महासङ्घले जनाएको छ ।

सुनको मूल्य बिहिबार हिजो तोलामा २ सय रुपैयाँले घटेर ९८ हजारमा कारोबार भएको थियो । आज चाँदीको मूल्य तोलामा ५ रुपैयाँले घटेको छ । हिजो तोलामा १ हजार २ सय ८५ रुपैयाँमा कारोबार भएको चाँदीको मूल्य आज १ हजार २ सय ८० रुपैयाँ तोकिएकोे छ ।

प्रतिक्रिया दिनुहोस्