जाडोमा सेक्सलाई रोमाञ्चक बनाउने यस्तो छ उपाय



एजेन्सी । मौसम परिवर्तनसँगै मानिसको मानसिकता पनि बदलिन्छ । बैवाहिक जीवनमा पनि मौसमले बदलाब ल्याउने अध्ययनले देखाएका छन्। जाडो याममा मानिसको सेक्स चाहना गर्मीको भन्दा बढि रहने हुनाले रोमाञ्चक बनाउन यी उपाय अपनाउन सके सेक्स जाडोको अचुक औषधि बन्न सक्ने एक अध्ययनले देखाएको छ ।

आफ्नो कपडाको ख्याल राख्नोस् : कामक्रिडा गर्ने बेलामा कपडाको विषयमा ख्याल राख्नोस्। नांगै वा कम कपडा लगाएर सम्पर्क गर्दा नरमाइलो हुन सक्छ। कोठाको तापक्रमलाई पनि मिलाएर राख्ने गर्नुपर्छ।

बाथरुममा २ जना नुहाउने : मानिस जाडोमा नुहाउन डराउँछन् । डराउँदा –डराउँदै लामो समयसम्म नुहाउँदैनन् । जसले शरिर दुर्गन्धित बनाउँछ । बाथरुममा दुई जना नै गएर नुहाउँदा जाडोको महसुस नहुने हुनाले नुहाउने बानी बसाल्नुपर्छ ।

मदिरा सेवन नगर्नोस् : जाडोमा मदिरा सेवन गर्दा ज्यान तातिने र यौनसम्पर्कमा पनि मज्जा आउने मान्यता रहिआएको छ । तर यो बानी तुरुन्त हटाउनोस् । बरु प्यार, यौनजनित बात गरेर इमोसनमा आउँदा प्यार पनि बढ्ने र मज्जा पनि हुने विश्वास गरिएको छ ।

धेरै नखानोस् : रातीको भोजन ९ बजेभन्दा अघि नै गर्नोस् । साथै धेरै नखानोस् । यसले निद्रा चाँडै लाग्न सक्छ । यसबाट कामोत्तेजना नआउन सक्छ ।

मर्निंग वाक वा शारिरीक अभ्यास गर्नोस् : जाडो याममा मर्निङ वाक गर्नु राम्रो हुन्छ । शरिरमा सधैं स्फूर्ति ल्याउँछ । यसबाट स्वस्थ्य बैवाहिक जीवन कायम गर्न सहयोग गर्दछ ।

प्रतिक्रिया दिनुहोस्