काठमाडौँ उपत्यकामा भोलि सवारीसाधन चलाउन बन्द



काठमाडौँ । काठमाडौं उपत्यकाका प्रमुख जिल्ला अधिकारीहरूको संयुक्त बैठकले प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनका दिन भोलि बिहान ४ बजेदेखि सवारीसाधन सञ्चालनमा रोक लगाउने निर्णय गरेको छ। यसअघि बुधबार बसेको काठमाडौँ उपत्यकाको काठमाडौँ, भक्तपुर र ललितपुरका प्रमुख जिल्ला अधिकारीहरुको बैठकले मतदान गर्ने दिन सवारी साधनमा सञ्चालनमा रोक लगाउने निर्णय गरेको हो ।

जिल्ला प्रशासन कार्यालय काठमाडौंको कार्यालयमा बुधबार बसेको काठमाडौं, ललितपुर र भक्तपुरका प्रमुख जिल्ला अधिकारीहरूको संयुक्त बैठकले ४ मंसिर आइतबार बिहान ४ बजेदेखि साँझ ७ बजेसम्म सवारीसाधन सञ्चालनमा रोक लगाउने निर्णय गरेको हो।​

मतदानका दिन सार्वजनिक सवारी साधन चल्न पाउने छैनन् । निर्धारण गरिएका क्षेत्रका सवारी साधन बाहेक अरु बन्द गरिएको जिल्ला प्रशासन कार्यालय काठमाडौँले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्