चुनाव प्रचारका लागि उम्मेदवारले फेसबुकमा गरे यति धेरै खर्च (विवरणसहित)



काठमाडौँ । यस पटक प्रतिनिधिसभा सदस्य र प्रदेशसभा सदस्य चुनावमा उम्मेदवाहरूले प्रचारप्रचारका लागि सामाजिक सञ्जाल फेसबुकलाई राम्रो प्रयोग गरेको छ । आफ्नो प्रचारप्रसारको लागि उनीहरुले फेसबुकलाई हजारौं रुपैयाँ तिरेर प्रयोग गरेका छन् ।

उम्मेदवारले फेसबुकबाट आफ्ना सामग्री धेरै मतदाताका बीचमा पुर्‍याउन डलर खर्च गरे । शनिबार बिहानसम्म ६ हजार ८ सय ७ वटा सामग्री प्रवर्द्धन गर्दा १ करोड १५ लाख ६९ हजार ४ सय ८० रुपैयाँ अर्थात् ८८ हजार ९ सय ९६ डलर फेसबुकले लगेको देखिन्छ।

मेटाले नेपालमा ७ सेप्टेम्बरबाट पोलिटिकल एड ट्रान्सपरेन्सी टुल सुरु गरेको थियो । यसबाट उम्मेदवारले कतिवटा सामग्री कति डलरमा प्रवर्द्धन गरेको हो, हेर्न सकिन्छ ।

यो अविधिमा सबैभन्दा धेरै काठमाडौं निर्वाचन क्षेत्र नम्बर ५ मा उम्मेदवार श्री गुरुङले ३ हजार ८ सय ८० डलर खर्च गरेका छन् । उनले २२ वटा सामग्रीमा विज्ञापन गरेका छन् । नेपालका लागि नेपालका पार्टीका डा। सुरेश बस्नेतले ३१वटा सामग्रीमा २ हजार ७ सय ७० डलर खर्च गरेका छन् ।

त्यसैगरी उम्मेदवारहरू सुशान्त श्रेष्ठले २ हजार २ सय ३७ डलर, किरन पौडेलले २ हजार ३५ डलर, सोमप्रसाद पाण्डेले १ह जार ५ सय ६८ डलर, प्रदीप पौडेलले १ हजार २ सय ६६ डलर, उपेन्द्र यादवले १ हजार २ सय १६ डलर, जगन्नाथ लामिछानेले १ हजार २ सय ३ डलर, गणेश पराजुलीले १ हजार १ सय ७४ डलर, रवीन्द्र मिश्रले १ हजार ९७ डलर खर्च गरेका छन् ।

त्यसैगरी जीवन घिमिरेले ९ सय ८८ डलर, मोहम्मद इस्तियाक राईले ९ सय ३८ डलर, अनुप बोहराले ८ सय ९० डलर, रञ्जु दर्शनाले ८ सय ४२ डलर, शिशिर खनालले ८ सय १३, शिवेन्द्र केसीले ८ सय १ डलर, राजेन्द्र श्रेष्ठले ७ सय ९९ डलर, शैलेन्द्र बस्नेतले ७ सय १३ डलर, रवीन्द्र श्रेष्ठले ५ सय ७६ डलर, योगेन्द्र खनालले ५ सय ३४ डलर, राजकुमार गुप्ताले ५ सय ९ डलर खर्च गरेका छन् ।

त्यसैगरी रमेश खरेलले ४ सय ९३ डलर, कल्पना धमलाले ४ सय ९१ डलर, कुन्ति पोखरेलले ४ सय ७७ डलर, सुरज चन्द्र लामिछानेले ४ सय ३१ डलर, राममणि न्यौपानेले ४ सय १३ डलर, सुनिलकुमार शर्माले ४ सय ९ डलर, रेखा शर्माले ४ सय ३ डलर, प्रकाशमान सिंह ४ सय १ डलर, रकम चेमजोङले ३ सय ९९ डलर, अनिलकुमार झाले ३ सय ९५ डलर, महेश बर्तौलाले ३ सय ९० डलर, विजय मानन्धरले ३ सय ७२ डलर, पम्फा भुसालले ३ सय ३८ डलर, मानुषि यमि भट्टराई ३ सय ३३ डलर, राजेन्द्र पाण्डेले २ सय २६ डलर, सुजाता कोइरालाले २ सय २४ डलर, विराजभक्त श्रेष्ठले २ सय १८ डलर, प्रदीप ज्ञवालीले पनि २ सय १८ डलर, अग्नि खरेलले १ सय ८७ डलर खर्च गरेका छन् ।

त्यसैगरी शेरधन राईले १ सय ७६ डलर, शेखर कोइरालाले १ सय ७३ डलर, दीपेन्द्र झाले १ सय ५७ डलर, प्रचण्डले १ सय ५२ डलर, प्रकाशशरण महतले १ सय ४९ डलर खर्च गरेका छन् ।

उम्मेदवारले धेरैको माझमा पुर्‍‍याउन प्रचार सामग्री बुस्ट गर्ने गरेका छन् । तर पैसा हुने र नहुने दुवै उम्मेदवारका लागि समान अवसर दिन आयोगले प्रवर्द्धनका लागि फेसबुकबाट गरेको खर्च पनि आयोगले तोकेको सीमाभित्र गर्नुपर्ने प्रावधान गरेको छ ।

फेसबुकबाट गरिएको खर्च पनि यही सीमाभित्र हुनुपर्ने आयोगले जनाएको छ । उम्मेदवारले फेसबुकबाट खर्च गर्न सक्छन् तर सीमाभित्र रहेर गर्न आयोगले भनेको छ ।

थप विवरण हेर्न यहाँ थिच्नुस्

प्रतिक्रिया दिनुहोस्